
पोखरा स्पोर्टस । नेपाल बक्सिङ्ग महासंघको आयोजनामा ओलम्पिक क्वालिफाइङ्गको पहिलो चरणको छनोट बक्सिङ्ग प्रतियोगिताको तेस्रो दिन फाइनल खेलहरु सम्पन्न भएका छन् ।
महिला तर्फको खेलमा ५० के.जी तौल समूहमा स्वीट बक्सिङ्ग क्लबका रमिसा श्रेष्ठलाई नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले स्पिलिट डिसिजनकोआधारमा जित हासिल गरे । त्यस्तै ५४ के.जी तौल समुहमा बक्समाण्डुका अञ्जनी तेलीले नेपाली सेनाका वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनको आधारमा पराजित गर्न सफल भइन् ।
पुरुष तर्फको खेलमा ५१ के.जी. तौल समुहमा नेपाली सेनाका शुशिल थापालाई पुलिसका चन्द्र बहादुर थापाले स्पिलिट डिसिजनकोआधारमा जित हासिल गरे । त्यस्तै ५७ के.जी.तौल समुहमा भाइब बक्सिङ्ग क्लबका निरञ्जन मोक्तानलाई नेपाली सेनाका प्रेम चौधरीले स्पिलिट डिसिजनको आधारमा पराजित गर्दा त्यस्तै ७१ के.जी तौल समुहमा भुपु बक्सिङ्ग क्लबका निशान गुरुङ्गलाई नेपाली सेनाका दान बहादुर दर्लामीले युनानिमस डिसिजनकोआधारमा जित हासिल गरेको नेपाल बक्सिङ्ग महासंघका महासचिव मान बहादुर भण्डारीले बताए ।
आगामी २०२४ मा फ्रान्सको राजधानी पेरिसमा सञ्चालन हुने ओलम्पिकका लागि पहिलो विश्व क्वालिफाङ्ग प्रतियोगिता २०२४ अप्रील २८ देखि मार्च १२ सम्म सञ्चालन हुनेछ । हाल छनोट सम्पन्न भएको खेलबाट महिला २ तथा पुरुष ३ विभिन्न तौल समुह मध्ये छनोट हुनेछन् ।
