
पोखरा स्पोर्टस । प्याराग्लाइडिङ खेलका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा विभिन्न तिन स्थानमा सफल परिक्षण उडान पछि नयाँ गन्तव्यको रुपमा अघि बढ्ने भएको छ ।
माछापुच्छ्रेका विभिन्न तिन वडामा एक साता लामो परिक्षण उडान र ल्याडिङ पछि प्याराग्लाइडिङको व्यवसायिक तथा सोलो उडानका लागि उपयूक्त रहेको जनाइएको हो । कास्कीमा लामो समय देखि सराङकोट हुँदै पछिल्लो समयमा तोरीपानी फर्किएको व्यवसायिक प्याराग्लाइडिङ उडान अब भने कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका नयाँ गन्तव्यको रुपमा स्थापित हुने कोलोनी फ्ल्याइङका प्रवन्ध निर्देशक बसन्तराज दवाडीले जनाएका छन् ।

पोखरामा रहेर शहासिक खेलकुद प्याराग्लाइडिङको व्यवसायिक संगै प्याराग्लाइडिङ खेलको विकासका लागि लागिपरेका दवाडीले आरओसी प्राप्त अन्नपूर्ण प्याराग्लाइडिङ कम्पनी प्रालीको संगको सहकार्यमा उक्त परिक्षण उडान गरेको जानकारी दिए । नोटाम अवधिभर उक्त परिक्षणहरु सफलताका साथ सम्पन्न भएको उनले बताए । “हामीले नागरिक उड्ययन प्राधिकरण सेफ्टी विभागको स्विकृती, प्राधिकरण अन्तर्गतको पोखरा टावर र माछापुच्छ्रे गाउँपालिकाृे समेत सहयोग लिएर यो परिक्षण सम्पन्न गरेका हौं” उनले भने–“अब प्याराग्लाइडिङ खेल (सोलो) र व्यवसायिक उडान (टेन्डम) दुबैका लागि उपयूक्त रहेको निष्कर्ष आएको छ । माछापुच्छ्रे गाउँपालिका अब पर्यटन संगै सहाशिक खेल पर्यटन गन्तव्यको रुपमा पहिचानको रुपमा अघि बढ्नेछ ।”
उनले परिक्षण उडानका लागि सहयोग गर्ने क्यान सेफ्टी विभाग, पोखरा टावर र गाउँपालिकालाई आभार प्रकट गरे । उनले भने–“पोखराको प्याराग्लाइडिङलाई जोगाउन क्यानको समेत ठूलो भूमिका छ । हामी क्यान संग मिलेर छोटो दुरिमा अन्तर्राष्ट्रिय फ्लाइङ जोन भित्र नपर्ने गरी प्याराग्लाइडिङ उडानको क्षेत्रको खोजिमा थियौं । अब सबैको चाहना पुरा भएको छ । माछापुच्छ्रे प्याराग्लाइडिङको उपयूक्त गन्तव्यको रुपमा पहिचान बनाउने छ ।”

माछापुच्छ्रेको वडा नं १, वडा नं ४ र ८ का विभिन्न स्थानबाट उडानका लागि उपयूक्त रहेका छन् । वडा नं १ स्थित तुवुडाँडा शरी पाखा बाट उडान भरि माछापुच्छ्रेको वडा नं ३ घाचोकमा ल्याण्डिङ पोइन्ट हुनेछ भने वडा नं ४ लाहाचोकबाट उडान भरेरर मर्दी खोला ल्याण्डिङ पोइन्ट र वडा नं ८ मिर्कु डाँडाबाट उडान भरेर सोही वडाको ठाँटीमा ल्याण्डिङ पोइन्ट हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चादन संगै भविष्य नै धरापमा परेको पोखराको प्याराग्लाइडिङलाई जोगाउन माछापुच्छ्रे पालिकाका ति स्थानहरु समेत उपयूक्त रहेको जनाइएको छ । माछापुच्छ्रे फ्लाइङ् जोनमा समेत नपर्ने भए पछि व्यवसायीहरु समेत उत्साहित रहेको दवाडीले बताए । “हामीले परिक्षण गरेका उडान क्षेत्रहरु पोखराबाट ४५ मिनेटमा पुग्न सक्छौं”, दवाडीले भने–“सहज, मनमोहक, माछापुच्छ्रे हिमालको सेरोफेरोलाई नजिकबाट दृष्यवलोकन गर्न यो एक उपयुक्त गन्तव्य हो ।”
पोखराको तोरीपानीमा व्यवसायिक उडानको भिडका सुरक्षाको कारण देखाउँदै सोलो उडान बन्द छ । जसका कारण सोलो उडानका लागि विदेशबाट आउने खेलाडी सहित नेपाली खेलाडीहरु समेत मारमा परेका छन् । सोलो उडान बन्दका कारण विदेशबाट उडानका लागि आउने खेलाडीहरु निराश बनेका छन् भने त्यसबाट प्राप्त हुने वार्षिक लाखौं राजश्व समेत गुमेको व्यवसायीहरुले बताउँदै आएका छन् । एक साता लामो परिक्षण उडानमा सहयोग गर्ने पाइलटहरु, टेक्निकल टिम, स्थानिय नागरिक, यूवा क्लवहरु, व्यवसायी एवं समाजसेमीहरुलाई प्रवन्ध निर्देशक दवाडीले धन्यबाद व्यक्त गरेका छन् ।



English version please ?
Kaski’s Machhapuchhre, new paragliding destination
https://pokharasports.com/2023/12/21/46863/