१८ औं जेपी क्रस विद्यालयस्तरिय बास्केटबल पोखरामा जारी

पोखरा स्पोर्टस । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबल पोखरामा शनिबार पनि पोखरा रंगशालाको बास्केटबल कोर्टमा जारी रहेको छ ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको दोश्रो दिन छात्रातर्फ ३  र छात्रतर्फ ९  गरि कूल १२ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ सरस्वती आदर्श विद्याश्रम, माउन्ट अन्नपूर्ण, शिसु निकेतन, प्रगती मावि र गोगन मावि तथा छात्रातर्फ गोगन मावि लिग चरणबाट बाहिरिएका छन् ।

शनिबारको खेलमा छात्रतर्फ हिल पोइन्टले माउन्ट अन्नपूर्णलाई ३२–१८ ले, बालकल्याणले स्टेप वाई स्टेपलाई ३९–११ ले, मनकामनाले गोगन माविलाई ४०–३९ ले, गण्डकी वोर्डिङले प्रगतीलाई २६–२१ ले र न्यू ग्यालेक्सीले पोखरा लनर्सलाई ३७–१० ले पराजित गरेको छ ।

त्यसै गरि छात्रातर्फ प्रगतीले न्यू ग्यालेक्सीलाई १०–४ को स्कोरले पराजित गर्दा बालकल्याणले सरस्वती विद्याश्रमलाई ७–६ को झिनो स्कोरले तथा फिसटेलले एलए सेकेण्डरीलाई २७–० को स्कोरले पराजित गरेको कास्की बास्केटबल संघले जनाएको छ ।

विश्वभर फैलिएको कोभिड १९ को सक्रमणको तिन वर्ष पछि उक्त प्रतियोगिताले निरन्तरता पाएको हो । प्रतियोगितामा छात्र/छात्रा दुबैतर्फको उपाधि विजेताले नगद २०/२० हजार र उपविजेताले नगद रु १५/१५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगिताको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष आकर्षक पुरस्कार प्रदान गरिने अध्यक्ष कृष्ण गुरुङले जनाए ।

प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ ९ गरि कूल २८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता पौष २ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close