दशौं राष्ट्रिय खेलकुदको समन्वय बैठक सुर्खेतमा सम्पन्न

पोखरा स्पोर्टस । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघिय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ सहभागी रहेका थिए ।

बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणतर्फ आगामी पुस मसान्तभित्र एक अर्ब बजेट सुनिश्चित गरि दिन प्रदेश खेलकुद विकास परिषद् कर्णालीले संघीय सरकार समक्ष प्रस्ताव राखेको छ । प्रदेश खेलकुद विकास परिषद कर्णालीका सदस्य सचिव विश्वमित्र सन्ज्यालले दशौं राष्ट्रिय खेलकुदको तयारी समवन्धमा हाल सम्म भएका प्रगति र अवस्था बारे प्रस्तुती गरे ।

हाल सम्मको तयारीले कर्णालीमा २८ वटा खेल आयोजना गर्न सकिने तर पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित हुनु पर्ने माग गरिएको छ । जिल्लाहरुमा रहेका भौतिक पूर्वाधारको अवस्था तथा बसोबास क्षमताका आधार विभिन्न जिल्लाहरुमा प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ ।

बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली जुरुक्क उठेको भन्दै संघिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बैठकमा उठेको प्रश्नहरुको जवाफमा मन्त्री लिम्बुले प्रतियोगिता कुनै पनि अवस्थामा निर्धारित मिति आगामी बर्ष मंसिरमा नै सम्पन्न गर्न तीनै तहको जिम्मेवारी भएको बताए । प्रतियोगिताका लागि आवश्यक समन्वय र सहयोग गर्न सरकार तयार रहेको उनको भनाई छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद तथा सरकारको तयारीले राष्ट्रिय खेलकुद परिषद उत्साहीत भएको भन्दै उपसमितिहरु दोहोरो नपर्ने गरि बनाउनु पर्ने बताए । व्यवस्थापन सम्वन्धि उपसमितिहरु स्थानिय तहबाटै र प्राविधिक र खेल सन्चालन संग सम्वन्धित समितिहरु केन्द्रबाट बनाउनु उपयुक्त हुने उनको सुझाव थियो । नवौं राष्ट्रिय खेलकुदमा भएको कमजोरीबाट शिक्षा लिदै दर्शौं खेलकुदको तयारी गरिने घिसिङको भनाई छ ।

प्रदेशको सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलको अध्यक्षतामा भएको बैठकमा प्रदेश आर्थिक मामिला मन्त्री बेदराज सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न जिल्लाका खेलकुद समितिका अध्यक्ष, खेल संघका प्रतिनिधि, उद्योग बाणिज्य संघका अध्यक्ष, तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुले प्रतियोगिता तोकिएकै मितिमा गर्न र आवश्यक सहयोग पु¥याउन संघिय सरकार संग माग गरेका छन् ।

दशौ राष्ट्रिय खेलकुदका लागि मन्त्री र मुख्य मन्त्रीबीच छलफल
संघिय मन्त्री र प्रदेश मुख्य मन्त्री बीच दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बिषयमा अन्तर सम्वाद भएको छ । दशौं राष्ट्रिय खेलकुद आयोजनाको तयारी गरि रहेको राखेप र प्रदेश सरकार वीच आवश्यक समन्वय र सहकार्यका लागि छलफल भएको हो ।

मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा संघिय युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले प्रदेशको तयारी उत्साहजनक रहेको र केन्द्र सरकारले पनि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल लगायतको सहभागिता थियो । त्यस क्रममा प्रदेश खेलकुदमा कर्मचारीहरु समायोजन समवन्धमा पनि छलफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close