राष्ट्रिय क्रिकेट अम्पाएरहरुको दुई दिने रिफ्रेशर कोर्ष काठमाण्डौमा सुरु

पोखरा स्पोर्टस । राष्ट्रिय क्रिकेट अम्पाएर अम्पाएरहरुको दुई दिने रिफ्रेशर कोर्ष काठमाण्डौमा आजबाट सुरु भएको छ । क्रिकेट अम्पाएर स्कोरर एशोसियसन नेपाल (कुसान)कोे आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा उक्त रिफ्रेशर कोर्ष सुरु भएको हो । उक्त रिफ्रेशर कोर्षको क्यानका अध्यक्ष चतुराबहादुर चन्दले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् ।

रिफ्रेशर कोर्षमा सहभागि गण्डकी प्रदेशका अम्पाएरहरु

सो अवसरमा अध्यक्ष चन्दले नेपाली राष्ट्रिय अम्याएरहरुलाई यस प्रकारका प्रशिक्षणले उनीहरुको क्षमता बढाउन सहयोग पुग्ने बताए । प्रतियोगितामा सहभागि हुने अम्पाएरहरु उनीहरुको क्षमता बढाउने तथा उनीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि कुसानले गरेको सिफारिस आधारमा अन्तर्राष्ट्रिय सहभागितामा पठाउन क्यानले पहल गर्ने उनले बताए । क्यानले आगामी दिनमा कुसानको सहकार्यमा यस प्रकारका कार्यक्रमहरुलाई योजनावद्ध रुपमा अघि बढाउने उनको भनाई थियो ।

उद्घाटन कार्यक्रममा कुसान नेपालका अध्यक्ष सत्यजित सरकार, कोषाध्यक्ष हिमालराज गिरी र सचिव मनोहर अधिकारीले समेत आफ्ना भनाई राखेका थिए ।

भोली सम्म सञ्चालन हुने उक्त कार्यक्रममा वुद्धि बहादुर प्रधान, नेपाल प्रहरीका पूर्व डिआइजी तथा क्यान इन्टिग्रेटी प्रमुख/आइसिसी प्रतिनिधी इश्वरबावु कार्की, आइसिसी प्यानल रेफ्रि विनय कुमार झा,  दुर्गानाथ सुवेदी र नेशनल म्याच रेफ्रि समिर खानले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । त्यसै गरि सहभागिहरुलाई क्रिकेटका भिडियो विशेषज्ञ रमन सिवाकोटीले समेत प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणमा सात प्रदेशका ७१ जना अम्पयारहरुको सहभागिता रहेको छ भने गण्डकी प्रदेशबाट ६ जना रहेका छन् ।

गण्डकी प्रदेशबाट सञ्जयकान्त सिग्देल, दिलिप अग्रहरी, भोजराज बराल, आशिष बराल सहभागि छन् भने पहिलो पटक दुर्गा बहादुर चन्द र अर्जुन उपाध्ययले सहभागिता जनाएको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close