२३ औं आहा ! रारा पोखरा गोल्डकप माघको दोस्रो साता, तयारी सुरु

पोखरा स्पोर्टस । २३ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकप माघको दोस्रो साता हुने भए पछि आन्तरिक तयारी सुरु भएको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा बर्षेनि आयोजना हुने फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको क्लवले जनाएको हो । विश्वभर फैलिएको कोभिड १९ को महामारीको अवस्था होस वा मुलुक भित्र भएका राजनितिक आन्दोलनलगायत अन्य विषम परिस्थितीमा समेत आहा ! रारा पोखरा गोल्डकप नेपालमा निरन्तर आयोजना हुने प्रतियोगिताको रुपमा इतिहास बनाएको छ ।

विश्वभर फैलिएको कोभिड १९ को महामारीको अवस्था होस वा मुलुक भित्र भएका राजनितिक आन्दोलनलगायत अन्य विषम परिस्थितीमा समेत आहा ! रारा पोखरा गोल्डकप नेपालमा निरन्तर आयोजना हुने प्रतियोगिताको रुपमा इतिहास बनाएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै आएको उक्त प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले सहभागिता जनाउने छन् ।

हिमश्री फुड्स प्रालिले गत वर्षबाट आगामी १० वर्षका लागि मुख्य प्रायोजकको रुपमा सम्झौता गरिसकेको छ । साथै पोखरा महानगरपालिकाको प्रवर्द्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रेलिया समेतको विशेष सहयोग रहने क्लवले जनाएको छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक तथा बुद्ध एयर अफिसियल एयरलायन्स पार्टनरको रुपमा प्रतियोगितालाई सहयोग गर्नेछन् ।

प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिदैं आएको छ । यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्टस् हब सिटीको रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने संगै पोखरालाई खेलकुदको शहरको रुपमा अन्तर्राष्ट्रियरुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य रहेको छ ।

साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित फुटबल खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने क्लवको भनाई छ ।

गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका रहेको थियो । प्रतियोगितामा उपाधि विजेताले नगद १२ लाख, तथा उपविजेताले नगद रु ६ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

क्लवले हरेक वर्ष एक जना राष्ट्रिय फुटबल खेलाडीलाई नगद सहित सम्मान गर्दै आएको छ भने म्यान अफ म्याच लगायत अन्य विद्यागत पुरस्कारहरु सहारा युकेको सहयोगमा आकर्षक ट्रफीहरु सहित नगद समेत प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close