
पोखरा स्पोर्टस । ३२ औं अपाङ्गता दिवशको अवसरमा नेत्रहिन क्रिकेट संघ, नेपालले आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौले जित्न सफल भएको छ । बुधवार भएको फाइनलमा टस जितेर फिल्डिङ्ग रोजेको बागमतीले कास्कीलाई २० ओभरको निर्धारित खेलमा ९ विकेटको क्षतीमा १५४ रनमा रोकेको हो ।

कास्कीका लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए । वागमतीको लागि किरण चलाउनेले २, निश्चल शिवाकोटी,भुपराज पाठक र सुजन श्रेष्ठले १–१ विकेट हात पारे । निर्धारित १५५ रनको लक्ष्य पछ्याउँदै बागमतीले १५.५ओभरका मात्र २ विकेट गुमाएर भेट्टायो । बागमतीका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाए । कास्कीका युवराज भण्डारीले २ विकेट हात पारे ।
फाइनल खेलको प्लेयर अफ द म्याच बागमतीका भुपराज पाठक घोषित भए । प्रतियोगिताको प्लोयर अफ द सिरिज सुनिल राना मगर बन्न सफल भए ।
मंसिर १७ देखि २० गते सम्म मुलपानी क्रिकेट मैदानमा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं तथा राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली विचमा भएको थियो ।
नेत्रहिन क्रिकेट प्रतियोगितामाको समापन समारोहका प्रमुख अतिथि रास्वपाका सांसद हरि ढकालले विजेता वाग्मति टिमलाई रु ३० हजार नगद, शिल्ड, तथा प्रमाणपत्र तथा उपविजेता कास्कीलाई रु १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरे ।
नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन धिमिरेले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको अनुभव व्यक्त गर्दै आगामी दिन समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरुको उचित सम्मान हुनुपर्ने आवाज समेत उठाए ।
