आइटिएफ तेक्वान्दोका महासचिव थापा अमेरिका प्रस्थान

पोखरा स्पोर्टस । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)का महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान गरेका छन।

युस आईटीएफको निमन्त्रणा मा २०२३ डिसेम्बर ९, सयुक्त राज्य अमेरिकाको फ्लोरिडा शहरमा आयोजना हुने फ्लोरिडा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् । युस आईटीएफले थापालाई  प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाहका लागि निमन्त्रणा गरेको हो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघले एक कार्यक्रमका विच थापालाई विदाई गरेको छ ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, आइटिएफका अध्यक्ष प्रविण कुमार कार्की, वरिष्ठ उपाध्यक्ष बासूदेब भट्ट, उपाध्यक्ष तथाप्रमुख प्रशिक्षक उमेश राजथला, सचिव अञ्जना शिवाकोटी, रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठ पूर्व महासचिव अञ्जु रावत, बागमती प्रदेश तेक्वान्दो संघका कोषाध्यक्ष आशिष कार्की लगाएतले बिदाइ गरे ।

थापाले निमित्त महासचिवको जिम्मेवारी महासंघकी सचिव अञ्जना सिवाकोटीलाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close