१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ ।

पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो । गत सस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम हुँदै १४ अक, टेवुल टेनिसमा ७ पदकका साथ ७ अंक तथा व्याडमिन्टनमा एक पदकका साथ एक अंक बटुल्दै कूल २२ अंक जोड्दै रनिङ शिल्ड आफै संग राख्न सफल भएको हो । सम्पन्न स्पोर्टस मिटमा करुणानिधी मावि कुल १६ अंकका साथ दोश्रो हुँदा न्यू ग्यालेक्सी १० अंकका साथ समग्रमा तेश्रो स्थान प्राप्त गरेको छ ।

बास्केटबल फाइनल
स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबल फाइनलमा न्यू ग्यालेक्सीलाई प्रतिभाले ७२–४८ को स्कोरले पराजित गरि उपाधि जित्न सफल भयो भने कास्की मोर्डनाइजले हिल पोइन्टलाई ३७–२० ले पराजित गरी तेश्रो स्थान प्राप्त गरेको छ । त्यस्तै छात्रातर्फ प्रतिभाले न्यू ग्यालेक्सीलाई २३–२० को झिनो स्कोरले पराजित गरी पहिलो हुँदा ग्लोबलले त्रिवेणी पव्लिकलाई १३–१० को स्कोरले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हिसान कास्कीले जनाएको छ ।

विश्वविद्यालय छात्र बास्केटबलमा लिंकनले पिसिएमलाई ४७–२८ ले पराजित गरी पहिलो हुँदा लेकसिटी कलेज तेश्रो भएको छ । त्यस्तै छात्रातर्फ फाइनलमा लिंकनले पिसिएमलाई ३१–१५ ले पराजित गरेको छ भने इन्फरमेटिक्स कलेज तेश्रो भएको छ ।

छात्र प्लस टु बास्केटबलमा प्रतिभाका निश्चल फकामी उत्कृष्ट खेलाडी घोषित भए भने छात्रातर्फ प्रतिभाकै यूविका बज्रचार्य उत्कृष्ट खेलाडी भएकी छन् । त्यस्तै सर्वाधिक स्कोररमा छात्रातर्फ न्यू ग्यालेक्सीकी समिक्षा गर्वुजा पुन मगर र छात्रतर्फ सोही विद्यालयका वुद्ध बहादुर पुन घोषित भए । त्यस्तै विश्वविद्यालय छात्रतर्फ पोखरा लिंकनका बिपुल गुरुङ र छात्रतर्फ सोही विश्वविद्यालयकी अमिशा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । सर्वाधिक स्कोररमा छात्रतर्फ पोखरा लिंकनका सुलभ प्रताप मल्ल र छात्रातर्फ सोही विश्वविद्यालयकी निर्विती शर्मा घोषित भएकी छन् ।

भलिबल फाइनल
हिसान स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्लस टु छात्र भलिबल माउन्ट अन्नपूर्ण माविले जितेको छ । सम्पन्न फाइनल खेलमा करुणानिधिलाई २५–१९, २१–२५, २७–२५ र २५–१८ ले जित्द्रै उपाधि जितेको हो । छात्रतर्फ सिर्जना मावि तोश्रो भएको छ । सिर्जनाले टप्स माविलाई २५–२०, २५–२३ को सोझो सेटमा पराजित गरि तेश्रो स्थान प्राप्त गरेको छ ।

यसै गरि प्लस टु छात्रातर्फ पश्चिमाञ्चल माविले उपाधि जितेको छ । पहिलो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले गुरुकुललाई २५–२१, २५–१४ र २५–१२ ले पराजित गरेको हो भने केफा माविले तेश्रो स्थान प्राप्त गरेको छ । केफले कास्की मोर्डनाइजलाई २५–१३ र १२ ले पराजित गरेको छ ।

प्लस टु छात्रतर्फ माउन्ट अन्नपूर्णका सुदिप थापा र पश्चिमाञ्चलकी सजिना वुढाथोकी उत्कृष्ट खेलाडी घोषित हुँदा वेष्ट स्पाइकर छात्रतर्फ करुणनिधीका राजन दर्जी र गुरुकुलकी सुस्मिता सिर्पाली बन्न सफल भए ।

टेवुल टेनिस फाइनल
टेबुल टेनिस प्लस टु छात्र टेबुल टेनिस सिंगल्समा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो, सिर्जनाका मिलन खडका दोश्रो, ग्लोवलका प्रज्वल थापा र प्रतिभाका मनिष भुजेल तेश्रो भएका छन् । छात्रातर्फ करुणानिधीका समृद्धि अधिकारी पहिलो, प्रतिभाका योगिता गुरुङ दोश्रो, ग्लोवलका रोजिना गुरुङ र साइनिङ स्टारका सजिना राई तेश्रो भएका छन् ।

त्यस्तै डबल्सतर्फ ग्लोवलका प्रज्वल थापा र जेनिथ गुरुङको जोडी पहिलो, सिर्जनामा समिर लिम्वु रमिलन गुरुङ दोश्रो तथा सगरमाथामा नितेश पञ्डित र जेनिथ ठकुरीको जोडी र प्रतिभाका मनिष भुजेल र अमन थापाको जोडीले तेश्रो स्थान प्राप्त गरे । त्यसै गरि प्लस टु छात्रातर्फ करुणनिधीका समृद्धि अधिकारी र सभ्यता अधिकारीको जोडी पहिलो हुँदा प्रतिभका योगिता गुरुङ र करुणा तिमिल्सिनाको जोडी दोश्रो स्थान प्राप्त गरे भने सगरमाथाका सरुण गुरुङ र दिलिशा सापकोटाको जोडी तथा पोखरा आदर्शका प्रियकां अधिकारी र रोधा तामाङको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

विश्वद्यिालय अन्तर्गत भएको टेवुल टेनिसमा पोखरा लिंकनका अनिष ढकाल प्रथम, इन्फरमेटिक्सका विशाल श्रेष्ठ दोश्रो, पिसिएमका निभर्य लिगल र पेकका सूवर्ण रुम्वाले तेश्रो स्थान प्राप्त गरे । त्यस्तै छात्रातर्फ पेकका खेलाडी द्वय सिम्रन ढकाल र अनुस्का थेवे पहिलो र दोश्रो हुँदा पोखरा लिंकनका खेलाडीद्वय अमिषा गुरुङ र अशिम खत्री तेश्रो हुन सफल भए ।

त्यस्ते छात्र डबल्समा पोखरा लिंकनका अमिश ढकाल र आभश थापाको जोडी पहिलो, इन्फरमेटिक्सका विशाल थापा र क्षितिज पन्त दोश्रो, पेकका सूवर्ण रुम्वा र रोशन घर्ती मगरको जोडी तथा लेकसिटी कलेजका सम्राट शाही र राजन कार्कीको जोडीले तेश्रो स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ पेकका सिम्रन ढकाल र अनुष्का थेवे तथा पोखरा लिंकनका अशिम खत्री र अमिशा गुरुङ तेश्रो स्थान प्राप्त गरेका छन् ।

ब्याडमिन्टन
ब्याडमिन्टनतर्फ समग्रमा सगरमाथा मावि प्रथम भएको छ भने मदरल्याण्ड मावि द्वितिय र बालप्रभात मावि तृतिय स्थान प्राप्त गर्न सफल भएको व्याडमिन्टन प्रतियोगिताका संयोजक पुरन कुंवरले बताए ।

गत मंसिर १४ गतेबाट पोखरा रंगशालामा सुरु भएको १६ औं हिसान स्पोर्टस मिटमा छात्र बास्केटबलमा ३७ विद्यालयको सहभागिता रहेको थियो भने छात्रातर्फ १५ टिम सहभागी थिए । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा तथा व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । विश्वविद्यालयतर्फ बास्केटबल र व्याडमिन्टनमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । 

१६ औं हिसान कास्की स्पोर्टस मिटका विजेता खेलाडी तथा विद्यालयहरुलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवाल, केन्द्रिय उपाध्यक्ष बावुराम पन्त, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, हिसानका केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिशी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री शिंखडाले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउँदै खेलकुदमा लगानी अपरिहार्य रहेको बताइन । उनले खेलकुद विकासका लागि सबै पक्षको उत्तिकै उत्साहकजनक सहभागिताले मात्रै सम्भव रहेको कुरा औंल्याउँदै यस बारे गम्भिर भएर सोच्न आग्रह समेत गरिन । खेलकुदमा व्यपारिकरणलाई पश्रय दिन नहुने बताउँदै व्यवसायिक खेलाडीको उत्पादन अहिलेको प्रमुख विषय रहेको उनको भनाई थियो ।

१६ औं हिसान कास्की स्पोर्टस मिटलाई समापन गर्दै हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले स्पोर्टस मिट सफल बनाउन सबैले गरेको सहयोग प्रति आभार प्रकट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close