१६ औं हिसान कास्की स्पोर्टस मिट दोश्रो दिन पनि जारी

पोखरा स्पोर्टस । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा जारी प्रतियोगितामा दोश्रो दिन दोश्रो चरणका खेलहरु सम्पन्न भएका हुन् ।

पोखरा रंगशालामा जारी स्पोर्टस मिटको दोश्रो दिन भलिबल छात्र–छात्रातर्फ ६–६ टिमले आ–आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिएका छन् । छात्रतर्फ जुनियर सिटिजन्स एकेडेमी, न्यू ग्यालेक्सी, टप्स, माउन्ट अन्नपूर्ण, केफ, पोखरा आदर्शले तेश्रो चरणको स्थान शुरक्षित गरेका छन् । त्यस्तै छात्रातर्फ पोखरा आदर्श, कास्की मोर्डनाइज, प्रतिभा, गुरुकुल र पश्चिमाञ्चल तेश्रो चरणमा प्रवेश गरेका छन् ।

यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने प्रतियोगितामा व्याडमिन्टन छात्र/छात्रा सिंगल्स–डबल्सका दोश्रो चरणका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले जानकारी दिए । ब्याडमिन्टनतर्फ शनिबार सेमीफाइनल तथा फाइनलका खेलहरु सञ्चालन हुनेछन् । प्लस टु छात्रातर्फ मदरल्यण्डकी आयुष्मा नेपाल, करुणानिधीकी सविना गुरुङ, सगरमाथाकी रिष्ता बास्तोला र मदरल्याण्डकी विशास्ता केसी अन्तिम चारमा प्रवेश गरे ।

त्यस्तै छात्रतर्फ बाल प्रभातका सुन्दर विक, सगरमाथाका सत्यजित शर्मा, प्रतिभाका सुमित सुनार र सगरमाथाका सुजन पौडेल अन्तिम चारमा स्थान पक्का गरेका छन् । त्यस्तै विश्वद्यिालय छात्र सिंगल्समा पेकका सुवर्ण रुम्वा, वाक ओभर पाएका इन्फर्मेटिक्सका निश्चल भण्डारी र पोखरा लिंकनका रिजन सूर्यवंशी सेमीफाइनलमा प्रवेश गरे ।

त्यस्तै आजनै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावी, मदर ल्याण्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए । जसमा केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुल आ–आफ्नो खेलमा विजयी भए ।

त्यस्तै प्लस टु छात्र बास्केटबलमा ग्लोबलले हिमाल माविलाई ४५–६ ले प्रतिभाले शान्ती निकुञ्जलाई ६२–१२ ले, पोखरा आदर्शले न्यूलाइटलाई ३४–२० ले, जेसिएले पश्चिमाञ्चललाई ४०–२८ ले, मनकामनाले आदर्श सेकेण्डरीलाई ४२–२६ ले, बालोदयले स्टेप वाई स्टेपलाई १९–१२ ले, त्रिवेण्ीले सरस्वतीलाई २८–१५ ले, न्यू ग्यालेक्सीले गोर्खा वोर्डिङलाई ५३–६ ले, माउन्ट अन्नपूर्णले सिर्जनालाई ६२–१४ ले, मेरीगोल्डले त्रिवेणीलाई २५–२३ ले, न्यू ग्यालेक्सीले बालकल्याणलाई ५६–२८ ले, केएमएले गुरुकुललाई ५५–३० ले र भास्करले बालोदयलाई ३४–१३ को स्कोरले पराजित गर्दै तेश्रो चरणमा प्रवेश गरेका छन् ।

त्यसै गरि छात्रा बास्केटबलमा माउन्ट अन्नपूर्णले जेसिएलाई २१–११ ले र ग्लोबल कलेजियटले पोखरा आदर्शलाई १८–४ ले पराजित गरेको हिसान कास्कीले जनाएको छ ।

स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा टेबुल टेनिसतर्फ शुक्रबार अन्तिमचरणका खेलहरु सम्पन्न भएका छन् । शनिबार टेबुल टेनिसतर्फ सेमीफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने आयोजकले जनाएको छ ।

स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका छन् ।

छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम सहभागी छन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गरिरहेका छन् । व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले बताए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । प्रतियोगितामा ८ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्नेे प्रचार प्रसार उपासमितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिव २० लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close