
पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघको आयोजनामा दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
कुल ६५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा विभिन्न तौल सुमहमा प्रतिस्पर्धा हुने तेक्वान्दो संघका सदस्य बब्लु सिवाकोटीले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुनेछ । तीनदिने प्रतियोगिताका सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।
