
पोखरा स्पोर्टस । जापानमा सम्पन्न खुल्ला पुरुष भलिबलको उपाधि घुम्टे यूवा परिवारले जितेको छ ।
नेपाल भलिबल संघ जापान शाखा द्वारा आयोजित ‘चौथो रनिङ्ग कप भलिबल प्रतियोगिता’ मंगलबार सम्पन्न भएको हो । प्रतियोगितामा गल्कोट स्पोर्टस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका संयोजक भिक्टर थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिएका छने ।
उपाधि विजेता घुम्टे युवा परिवारले जापानी ऐन ३ लाख १० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता गल्कोट स्पोर्टस क्लवले २ लाख १० हजार ऐन नगद प्राप्त गर्न सफल भएको छ ।
यसै गरि प्रतियोगितामा एनवाइसी जापान र गल्कोट समाज जापानले सान्त्वना स्थान प्राप्त गर्दै समान नगद ५०–५० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा घुम्टे यूवा परिवारका मिलन छन्त्याल उत्कृष्ट सेटर, घुम्टे परिवारकै मनोज केसी उत्कृष्ट डिफेन्डर, गल्कोट स्पोर्टस क्लवका सुमन मगर उत्कृष्ट स्पाइकर घाषित हुँदा उत्कृष्ट व्लकरको उपाधि गल्कोट स्पोर्टस क्लवका केशव केसी घोषित भए । प्रतियोगितामा घुम्ते युवा परिवार क्लव जापानका कमल खत्रीले उत्कृष्ट खेलाडीको उपाधि जिते ।
प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए भने रेफ्रिको भूमिका गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष एवं टाइगर ग्रुप अफ पोखरा नेपाल जापान शाखाका उपाध्यक्ष नविन गुरुङले निर्वाह गरेका थिए ।
प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई गैर आवाशिय नेपाली संघ आइसिसीका उपाध्क्ष रविन शेरचनले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
