केपी ओली कप टि २० राष्ट्रिय क्रिकेट : आर्मीको जित संगै सेमीफाइनल समिकरण पुरा

पोखरा स्पोर्टस/तस्विरः योगेन्द्र श्रेष्ठ । भिम सार्की र सन्तोष कार्कीको अर्धशतकिय पारिमा पोखरा रंगशालामा जारी केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मीले जित हासिल गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आर्मीले कोशी प्रदेश विरुद्धको खेल जिते संगै सेमीफाइनलको यात्रा समेत तय गरेको हो ।

मंगलबारको खेलबाट जारी प्रतियोगिताको समिकरण समेत पुरा भएको छ । आर्मी समुह डि मा ४ अंक बटुल्दै शिर्ष स्थानमा रहन सफल भयो भने आर्मी संगै समुह ए मा ४ अंक बटुलेको बागमती प्रदेश, समुह बिमा २ अंकका साथ एपिएफ क्लव र समुह सिमा २ अकका साथ मधेश प्रदेशले सेमीफाइनलको यात्रा तय गरेका छन् । विहिबार हुने सेमीफाइनलमा आर्मी र बागमती तथा दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशका विच हुनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो । टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतयि पारी खेले । सन्तोषले ४१ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट हुँदै पेभिलियन फर्किदा भीमले २४ बलमा ५३ रन बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ रनको योगदान दिए ।

बलिङतर्फ कोशी प्रदेशका सर्वण यादवले सर्वाधिक ३ विकेट लिन सफल भए । उनले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कोशीका लागि कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले समान १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेश १८.२ ओभरमा १ सय ४७ रनमा समेटियो । कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २–२ विकेट लिए । बसिर अहमद, जितेन्द्र मुखिया, शाहब आलम र रोहित पौडेलले १–१ विकेट लिन सफल भए ।

भोली बुधबार एक मात्र खेल मदन भण्डारी स्पोर्टस एकेडेमी निलो र कोशी प्रदेशका विच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close