कोरोनाका कारण पोखराका अग्रज फुटबल खेलाडी मेखको बेलायतमा निधन

पोखरा, पोखराका अग्रज फुटबल खेलाडी मेखबहादुर गुरुङ (मेखु) को बेलायतमा निधन भएको छ । पोखरा १० रामबजार स्थायी घर भएका उनी कोभिड १९ सक्रमणका कारण बुधबार निधन भएको उनका समकालिन अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले जानकारी दिएका छन ।

पोखराको फुटबल इतिहास कुनै बेला तत्कालिन गण्डकी अञ्चल र पोखरा १० बाट उनी फुटबल खेल्ने गरेको अग्रज फुटबलर शम्भु केसीले बताए । २०३७ देखि लगतार ३ वर्ष सम्म उनले गण्डकीको टिममा मिड फिल्ड सम्हालेका थिए । उनले भने–“मेखमा फुटबलको जादुनै थियो भने उनी अनुशासित पनि थिए ।” उनी एथ्लेटिक्सको ४०० मिटरका खेलाडी समेत रहेका थिए ।

पुर्व गोर्खा सैनिक रहेका ५६ वर्षिय मेखको निधन प्रती दुःख व्यक्त गर्दै केसीले फुटबलमा सर्मपित एक अग्रज खेलाडी पोखराले गुमाएको बताए । यसै गरि अग्रज फोटो पत्रकार रञ्जितले समेत उनको निधनमा दुःख व्यक्त गरेका छन ।

नेपालको पर्वत घर भई बेलायतको न्युनिटनमा बस्दै आएका मेखबहादुर गुरुङको बुधबार स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधन संगै कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।

कोरोनाकै कारण वेलायतमा शिव श्रेष्ठ, पुर्व गोर्खा सैनिक चेत बहादुर गुरुङ, प्रशान्त अर्याल, पूर्व गार्खा सैनिक लिला बहादुर राईको समेत निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close