लमजुङमा राष्ट्रपति कप सञ्चालनका लागि सदस्य सचिव शर्माको उपस्थितीमा भेला सम्पन्न

पोखरा स्पोर्टस । लमजुङमा १४ औं सस्करणको राष्ट्रपति सञ्चालनका लागि प्रदेश खेलकुद परिषदको उपस्थितीमा एक वृहद् भेला तथा छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा भएको भेला तथा छलफलमा प्रदेश खेलकुदका सदस्य सचिव शर्माले प्रतियोगितालाई मर्यादित र अनुशासित बनाउँदै भव्य रुपमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

जिल्लास्थित विभिन्न क्लव, विभिन्न खेलकुद संघका पदाधिकारी तथा खेलकुद संग सरोकारवालाहरुको भेलामा सदस्य सचिव शर्माले कार्यालयलाई व्यवस्थित बनाउने संगै जिल्लामा खेलकुद विकासका लागि एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले भने–“खेलकुद विकास र खेलाडी उत्पादनमा जिल्लाको महत्वपूर्ण भूमिका हुने भएकोले परिषदले चरणवद्ध रुपमा आफ्ना योजनाहरु अघि बढाएका छौं ।”

सदस्य सचिव शर्माले प्रशिक्षक र रेफ्रि तथा निर्णायकहरुको सूचिकरण अभियान संगै अन्य कार्यक्रमहरु अघि बढाएको बताउँदै उनले सूचिकरण अभियानले प्रतियोगिताहरु सञ्चालन हुँद देखिएका समस्याहरु समेत स्वतः हटेर जाने बताए । उनले राष्ट्रपति कप तथा जुनियर प्रतियोगिताको लागि समेत तयारी गर्दै अघि बढन् निर्देशन दिए ।

सो भेला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु)को अध्यक्षतामा भएको थियो ।

यसै विच लमजुङमा आयोजना हुने त्रिवेणी कप ३१ औं त्रिवेणी कप फुटबल प्रतियोगिताका लागि मंगलबार पत्रकार सम्मेलन सम्पन्न भएको छ । प्रदेश सभा सदस्य भेष बहादुर पौडेलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा सदस्य सचिव शर्माले त्रिवेणी कप सफल बनाउन परिषदले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close