नेपाल र भारतिय पञ्जाव टोली बिचको मैत्रीपूर्ण बक्सिङमा मिश्रित परिणाम

“अरु देश मेडलको प्रतिक्षामा छन्, हामी बल्ल तयारी गर्दैछौं–“नेपाली प्रशिक्षक सिह

पोखरा स्पोर्टस/तस्विर : योगेन्द्र श्रेष्ठ । १९ औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेको नेपाली बक्सिङ टोली र भारतको पञ्जावबाट आएको बक्सिङ टोली विच शुक्रबार पोखरामा सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा दुबै टोलीले मिश्रित परिणाम निकालेका छन् ।

चिनको होङझाउमा यहि सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टिमले प्रशिक्षणको क्रममा पहिलो पटक प्रतिष्पर्धा गरेको हो । नेपाल ‘ए’ टिम नाम दिइएको नेपाली राष्ट्रिय टोलीले भारतको पञ्जाव विरुद्ध १२ विभिन्न तौल समुहमा प्रतिष्पर्धा गरेको थियो ।

खेल पछि कुरा गर्दै हालै मात्र नेपाली राष्ट्रिय टिम सम्हालन नेपाल आएका प्रशिक्षक शिव सिंहले आफूले टिम सम्हाले पछिको पहिलो प्रतियोगिता रहेकोले खेलाडीहरुको अवस्था बारे केही कुरा वुझ्न पाएको पोखरा स्पोर्टस संगको कुराकानीमा बताए । उनले भने–“नेपाली राष्ट्रिय टिम उत्कृष्ट छ । तर निर्खान धेरै बाँकी छ । अरु देशहरु पदक भिर्न तयार भएर बसेका छन् । तर हामी बल्ल तयारी गर्दैछौं ।” उनले १९ औं एसियाली खेलकुदमा पदक पाउनु भन्दा पनि पेरिस ओलम्पिककोलागि समेत छनौट खेल भएकोले उत्तिकै चुनौती रहेको बताए । उनले भने–“बक्सिङमा यसै हुन्छ भन्न सकिन्न ‘प्रेडिक्सन’ गर्न गाह्रो हुन्छ, सम्भवानै नभएको होइन तर हामी संग समय एकदमै कम छ । यस्तै प्रतियोगिताहरु यस अघि ६/७ वटा भएको भए निकै सुधार हुन्थ्यो । 

प्रतियोगितामा फ्लाई वेट ५१ केजी तौल पुरुषतर्फ रविन थापाले पञ्जावका शुभम पाण्डेलाई स्पिलिट डिसिजनका आधारमा २ः१ ले पराजित गर्दा ५७ केजी तौलमा वुद्ध ग्यान्जो लामा स्पिलिट डिसिजनमा पञ्जावका जसकरण सिंह संग पराजय व्यहोरे । ६३.५ केजी तौलमा भुपेन्द्र थापा मगरले ३ः० ले विजय कुमारलाई पराजित गरे भने ७१ केजी तौलमा दिपेश लामा भारतिय खेलाडी जशन प्रित संग ३ः० ले हार व्यहोरे ।

८० केजी तौल पुरुषतर्फ दिपक श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गर्दै मुस्ताफा हनितलाई ३ः० ले पराजित गरे । हेभीवेट क्याटोगरी ८० केजी तौलमा रविन नेपाल दोश्रो राउण्डमा नै भारतिय खेलाडी जोगविन्दर संग पराजयको सामना गरे । दोश्रो राउण्डमा आइपुग्दा ३ पटक काउन्टमा परेका उनी आर.एस.सीको आधारमा पराजय व्यहोरे । ९२ केजी तौल माथीको खेलमा आशिष दवाडीले सफलता प्राप्त गरे । उनले केपी सिंहलाई पराजित गरे ।

यता महिला लाइट वेट ५० केजी तौलमा शुष्मा तामाङले ३ः० ले कोमललाई पराजित गरिन् । ५४ केजी तौलमा मिनु गुरुङले अरिवालाई स्पिलिट डिसिजनमा हराइन् । ५७ केजी तौलमा चन्द्रकला थापाले मनितलाई पराजित गर्दा संगिंता सुनार भने मन्दिप कौर संग पराजयको सामना गरिन् । मन्दिप वर्ल्ड यूथ बक्सिङकी स्वर्ण पदकधारी खेलाडी हुन् । यस्तै ६६ केजी तौलमा भारतिय खेलाडी कोमल प्रित संग विनिता थापा मगर स्पिलिट डिसिजनका आधारमा पराजय व्यहोरिन् ।

भारतको पञ्जाव बक्सिङ टिममा प्राय अन्तर्राष्ट्रियस्तरका खेलाडी सम्मिलित रहेका छन् । उनीहरु पोखरामा १० दिने बन्द प्रशिक्षणमा आएका हुन् । नेपाली र पञ्जाव टोलीले संग–संगै १० दिन सम्म प्रशिक्षण लिनेछन् ।

खेल पछि कुरा गर्दै हालै मात्र नेपाली राष्ट्रिय टिम सम्हालन नेपाल आएका प्रशिक्षक शिव सिंहले आफूले टिम सम्हाले पछिको पहिलो प्रतियोगिता रहेकोले खेलाडीहरुको अवस्था बारे केही कुरा वुझ्न पाएको पोखरा स्पोर्टस संगको कुराकानीमा बताए । उनले भने–“नेपाली राष्ट्रिय टिम उत्कृष्ट छ । तर निर्खान धेरै बाँकी छ । अरु देशहरु पदक भिर्न तयार भएर बसेका छन् । तर हामी बल्ल तयारी गर्दैछौं ।” उनले १९ औं एसियाली खेलकुदमा पदक पाउनु भन्दा पनि पेरिस ओलम्पिककोलागि समेत छनौट खेल भएकोले उत्तिकै चुनौती रहेको बताए । 

भारत सहित आयोजक चिन र अन्य मुलुकहरुको तयारी लामो रहेको बताउँदै प्रशिक्षक सिंहले आफ्नो तर्फबाट शतप्रतिसत दिन तयार रहेको बताए । “मैले खेलाडीहरुको भित्र रहेको क्षमतालाई निकालेर नेपालका लागि पदक जित्ने गरी तयारी गर्ने हो । हामी सबैको प्रयासले खेलाडीहरुलाई आत्मबल दिने कुरामा चुक्न हुँदैन”, उनले भने–“बक्सिङमा यसै हुन्छ भन्न सकिन्न ‘प्रेडिक्सन’ गर्न गाह्रो हुन्छ, सम्भवानै नभएको होइन तर हामी संग समय एकदमै कम छ । यस्तै प्रतियोगिताहरु यस अघि ६/७ वटा भएको भए निकै सुधार हुन्थ्यो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close