बेलायतमा पूर्व धावक लामा सम्मानित

पोखरा स्पोर्टस । पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबीच इलाम समाज बेलायतले सम्मान गरेको हो ।

समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड ९७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ० नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा बाह्रौं गीतिमय साँझबाट संकलित रकम मध्येबाट खर्च कटाएर बचेको रकम सम्मान स्वरुप लामालाई प्रदान गरिएको हो ।

लामाले सम्मान वापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केहि रकम अनाथलय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई पनि सहयोग गर्ने बताए । यसअघि पनि उनले जुम्लाका धावकहरुलाई टिसर्ट र खेल सामाग्री सहयोग गरेका थिए ।

लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए । बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो । १० औं संस्करण अमेरिकामा भएको थियो भने बाँकी नेपालमै भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close