प्रखेप गण्डकी एक्सनमा–पोखरा रंगशालामा भाडामा सञ्चालित फमहर्रु संग माग्यो सम्झौता पत्र

पोखरा स्पोर्टस । पोखरा रंगशालमा भित्र भाडामा सञ्चालित विभिन्न फर्महरुलाई सात दिन भित्र सम्झौता प्रतिलिपीसहित प्रमाण पेश गर्न प्रदेश खेलकुद परिषद गण्डकीले पत्रचार गरेको छ । विगत लामो समय देखि पोखरा रंगशालामा भाडामा सञ्चालित विभिन्न पाँचवटा फर्महरुलाई आ–आफ्नो प्रमाण पेश गर्न समय दिइएको सदस्य सचिव श्रीधर शर्माले जनाएका हुन् ।

परिषदले पठाएको पत्रमा भनिएको छ–“राष्ट्रिय खेलकुद विकास ‍ऐन, २०७७ बमोजिम खेलकुद क्षेत्रको संरचनाको रुपमा केन्द्र अन्तर्गत राष्ट्रिय खेलकुद परिषद, प्रदेश अन्तर्गत प्रदेश खेलकुद परिषद, जिल्लाहरुमा प्रदेश खेलकुद परिषद अन्तर्गत जिल्ला खेलकुद विकास समितिहरु तथा स्थानीय तहमा स्थानीय खेलकुद संरचना रहने व्यवस्था गरेकोले तत् अनुसार गण्डकी प्रदेश सभाबाट पारित भई प्रदेश खेलकुद विकास ऐन–२०७७ लागु भए बमोजिम यस परिषदको स्थापना र संचालन भएको छ ।”

पत्रमा अगाडी भनिएको छ–“यस परिषदको भौगोलिक कार्य क्षेत्रभित्र पर्ने पोखरा रंगशालाको हाताको भौतिक संरचना (भवन, ट्रष्ट, जग्गा आदि) मा तपाई/त्यस फर्मले प्रयोगमा लिई क्यान्टिन/जिम/नर्सरी/ट्रेनिङ कार्य, निर्माण सामाग्री राख्ने कार्य समेत संचालन गरी रहेको बुझिन आएकोले यदि प्रयोग गरिएको हो भने के कसरी प्रयोग गरी रहनु भएको हो ? तपसिलको विवरण यस पत्र प्राप्त मितिले सात दिन भित्र विवरण पुष्टी हुने कागजातको प्रतिलिपि सहित जानकारी गराउनुहुन अनुरोध छ ।”

परिषदले बुधबार पत्र पठाएका फर्महरुमा रंगशाला चमेना गृह, ओम बुद्ध नर्सरी, वुल्समेन क्लव, रसुवा कन्स्ट्रक्सन् प्राली र नेपाल फिजिकल एसोसिशन पोखरा रहेका छन् ।

भाडामा सञ्चालित फर्मले प्रयोग गरेको जग्गा/भवन कुन निकाय/पदाधिकारीसंग सम्झौता वा निर्णयबाट प्रयोग गरिएको हो ? सम्झौता भएको भए भाडादर विवरण, सम्झौता अवधी खुलाउन भनिएको छ र त्यसै गरी सम्झौता भई भाडामा प्रयोग गरेको भए सम्झौता बमोजिमको भाडा रकम कहाँ र कहिले सम्म भुक्तान भएको छ, पुष्टी हुने कागजातको प्रतिलिपि समेत उपलब्ध गराउन, सम्झौता भएको मिति, अवधी र नविकरण सम्बन्धी व्यवस्था समेत परिषदलाई खुलाई पठाउन पत्रमा उल्लेख गरिएको छ ।

यसै गरी सम्झौता बमोजिमको भाडा रकम भुक्तान गर्न बाँकी भएको भए आजको मितिसम्म यस परिषद वा जिल्ला खेलकुद विकास समिति कास्कीसंग सम्पर्क गरी तत्कालै रकम दाखिला गरी भौचर पेश गर्न फर्महरुलाई निर्देश गर्दै सम्झौता बमोजिमको भाडा रकम भुक्तान गर्न बाँकी भएको भए आजको मितिसम्म यस परिषद वा जिल्ला खेलकुद विकास समिति कास्कीसंग सम्पर्क गरी तत्कालै रकम दाखिला गरी भौचर पेश गर्न तथा सम्झौता वा लिखित आदेशबाट जग्गा/भवनको प्रयोग गरेको भए सो को प्रतिलिपि उपलब्ध गराउने समेत भनिएको छ ।

उल्लेखित पत्रको वोधार्थ जिल्ला प्रशासन कार्यालय कास्कीलाई पठाइ आवश्यक सहयोग माग गरिएको र जिल्ला खेलकुद विकास समिति कास्कीलाई ८ दिन भित्र सो पत्रको कार्यान्वयन गरि परिषदलाई जानकारी गराउन निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close