पोखरामा अन्तर्राष्ट्रिय क्रश कन्ट्रि प्रतियोगिताको तयारी पुरा, ६०० खेलाडी सहभागि हुने

पोखरा स्पोर्टस । पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रश कन्ट्रि प्रतियोगिताको तयारी पुरा भएको छ ।

यहि मंसिर ९ गते आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको हो । ‘साझा समृद्धिका लागि दौड’ भन्ने मुल उद्धेश्यका साथ आयोजना हुने उक्त प्रतियोगितामा ६ सय खेलाडीहरु सहभागि हुने आयोजकले एक प्रेश विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

‘वार हाउस नेपाल, पोखरा इन्टरनेशनल माउन्टेन क्रश कन्ट्रि प्रतियोगिता’का तिन–तिन वटा आयोजक संस्था रहेका छन् । नेपालस्थित चिनिया राजदुतावास, पोखरा महानगर पालिका र नेपाल पर्यटनबोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता नेपालकै हाल सम्मको ठूलो क्रश कन्ट्रि रहेको आयोजकको दावी छ ।

प्रतियोगितामा टिम, इन्डिभिजुअल, विद्यार्थी र ह्याप्पी रन गरि चार विद्यामा आयोजना हुने आयोजक मध्येका एक तथा उक्त क्रसकन्ट्रिका संस्थापक समेत रहेका विश्वशंकर पालिखेले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगिताका विजेता खेलाडीहरुका लागि कुल १८ लाख ३३ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । टिम इभेन्टतर्फ प्रथमलाई ३ लाख ६० हजार, द्वितियलाई २ लाख ८८ हजार, तृतियलाई २ लाख १६ हजार, चौथो हुनेलाई १ लाख ४४ हजार र पाँचौ हुनेलाई ९ हजार प्रदान गरिने छ ।

त्यसै गरि इन्डिभिजुलतर्फ प्रथम, द्वितिय, तृतियलाई क्रमश जनही नगद रु १ लाख ४४ हजार, १ लाख ८ हजार, ५४ हजार प्रदान गरिने छ भने चौथो देखि सातौं सम्मलाई जनही नगद रु १८ हजार, तथा आठौं देखि दशौं सम्मलाई जनही नगद रु ९ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

पोखरा इन्टरनेशनल माउन्टेन क्रश कन्ट्रि रेश अन्तर्गत आयोजना हुने ५ किमि छात्ररछात्रा सडक दौडमा प्रथम, द्वितिय, तृतिय, चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमश जनही नगद रु.२५ हजार, २० हजार, १५ हजार, १० हजार ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसै गरि सहभागि मध्ये २५ औं स्थान सम्म प्राप्त गर्ने खेलाडीलाई मेडल समेत प्रदान गरिने भएको आयोजकले जनाएको छ ।

१८ वर्ष मुनीको उक्त दौडमा छात्रतर्फ २ सय छात्रातर्फ १ सय जना गरि कुल ३ सय जनालाई सहभागि गराइन लागेको आयोजकले जनाएको छ ।

पोखराको पर्यटकिय केन्द्र लेकसाइडको बाराहीघाट बाट सुरु हुने उक्त क्रसकन्ट्रि दौडमा टिम इभेन्टतर्फ २० टिमका ६० खेलाडी, इन्डिभिजुलतर्फ १ सय ४० खेलाडी र विद्यार्थी दौडतर्फ ३ सय जनाको सहभागिता हुने छ । क्रस कन्ट्रि अन्तर्गत ४० किमि दौड, साइक्लिङ र रोइङ हुनेछ । प्रतियोगिताका लागि १ सय ५० जना खेलाडीहरुको चिनबाट सोझै विमान चार्टर गरी पोखरा आइपुग्ने छन् । पोखरामा यति ठूलो संख्यामा खेलाडीहरु विमान चार्टर गरि नेपाल आउन लागेको पहिलो पटक हो ।

वाराहीघाटबाट सुरु हुने दौड छोरेपाटन, मट्टिखान हुँदै स्याङ्जा र कास्कीको सिमाना कुभण्डिे भञ्ज्याङ, उल्लेरी, भुम्दी, लुकुम्स्वारा हुँदै डुङामार्फत फेवाताल पार गरि बाराही घाट आइपूग्ने छन् ।

प्रतियोगिताको सह आयोजकको रुपमा पोखरा होटल संघ र युनान माउन्टेनियरिङ्ग एण्ड आउटडोर स्पोर्टस एसोसियसन चिन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close