
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले एन्टी डोपिङ विज्ञ स्व.डा. सरोज कृष्ण श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिएको छ ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको मेडीकल कमिशनका अध्यक्ष डा. श्रेष्ठको हिजो बिहिबार निधन भएको हो । उहाँको श्रद्धाञ्जलीका लागि ओलम्पिक हातामा राखिएको पार्थिव शरिरमा नेपाल ओलम्पिकको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व मन्त्री जिवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्दराज वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायत ओलम्पिक परिवार र विभिन्न खेलकुद संघ संस्थाका प्रतिनिधी, खेलाडी एवं शुभचिन्तकहरुले स्व.डा श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
६६ वर्षिय डा श्रेष्ठको हृदय घातका कारण बिहिबार निधन भएको थियो । उहाँको श्रीमती एक छोरा र २ छोरी छन् । उहाँको आज अन्तिम संस्कार गरिने तयारी भएको एनओसीले जनाएको छ ।
उहाँको निधनमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले गहिरो दुःख व्यक्त गर्दै नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती भएको बताउनु भएको छ ।

