
पोखरा स्पोर्टस । नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पकञ्ज विक्रम नेम्वाङको पद जोगिएको छ ।
हेटौडमा आज बिहिबार भएको विशेष साधारण सभामा अविश्वास प्रस्ताव फेल भए संगै उनको पद जोगिएको हो । विशेष साधारण सभा सुरु हुना साथ हो–हल्लाका विच पकञ्ज विपक्षी टोली मतदान नगरी बाहिरिएको थियो ।
अध्यक्ष पकञ्जको पक्षमा ५२ जनाले मतदान गरेका थिए भने विपक्षमा सून्य मत र एक मत बदर भएको थियो । विशेष साधारण सभाका लागि ८७ जना मतदाता रहेका थिए । विपक्षमा रहेका ३४ जनाले साधारण सभा वहिस्कार गरे ।
