
पोखरा स्पोर्टस । नेपाल बक्सिङ्ग संघको तत्वावधानमा सुनसरी बक्सिङ्ग संघको आयोजना एवं धरान उपमहानगरपालिकाको संयोजकमा बीर गणेशमान १ नं प्रदेशस्तरीय नोभिस बक्सिङ्ग प्रतियोगिता तथा आल नेपाल एन ए एन मिस्टर फेदर वेट बक्सिङ्ग च्यािम्पयनसिपको शुभारम्भ भएको छ ।
फाल्गुण ५ गते देखि ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा सुनसरी जिल्ला बक्सिङ्ग संघका वरिष्ठ सल्लाहकार विनोद राईले उदघाटन गर्नु भएको उक्त कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ्ग संघका अध्यक्ष श्री विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरु ओलम्पियन तथा नेपाल बक्सिङ्ग संघका उपाध्यक्ष श्री नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ्ग संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ्ग प्रशिक्षक एवं दक्षिण एशियालीका पदकधारी श्री अनुपकुमार लामा र बक्सिङ्गका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता श्री निमा तामाङ्गलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
आज भएको उदघाटन खेलहरुमध्ये प्रि क्वार्टर फाईनलमा अल नेपाल मिस्टर फेदरवेट च्याम्पियनशिप अन्तर्गतको ईभेन्टमा बक्समाण्डुका सुरज महर्जनले उदयपुरका नारायण भुजेललाई दोस्रो राउण्डमा पराजित गरे ।
त्यसै गरी बीर गणेशमान १ नं. प्रदेशस्तरीय नोभिस बक्सिङ्ग प्रतियोगिता अन्तर्गत वेन्टम वेट ५४ केजीतर्फ एबीसी, सुनसरीका वियान राई र झापाका निश्चल राजबंशीले क्रमशः दपकका फुंगहांग लिम्बु र मोरंगका पिन्स झालाई पराजित गरेका थिए ।
अल नेपाल फेदर वेटमा ५ जना खेलाडीहअरु र १ नं. प्रदेश गणेशमान सिंह नोबिस बक्सिङ्ग प्रतियोगितामा महिला ११ र पुरुश ३७ जना खेलाडीहरुको सहभागीता रहेको छ ।
