
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष (वर्ल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल आएका छन् ।
नेपाल पौडी संघको निमन्त्रणामा अध्यक्ष हुसेन नेपाल आएका हुन् । नेपाल भ्रमणका लागि आएका हुुसेनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

अध्यक्ष हुसेनलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व संघिय मन्त्री जिवनराम श्रेष्ठ, नेपाल पौडी संघका अध्यक्ष अशोक बज्रचार्यलगायत नेपाल ओलम्पिक र पौडी संघका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
नेपाल भ्रमणका क्रममा अध्यक्ष हुसेनले सरकार तथा खेलकुद संग सम्वन्धित विभिन्न निकायका प्रमुखहरु संग भेट गरी नेपालमा पौडी खेलको विकासको सम्भावना बारे छलफल गर्ने भएको संघले जनाएको छ । उनको नेपाल भ्रमणले नेपालको पौडी खेलको विकासमा कोशेढुङ्गा सावित हुने पौडी संघका अध्यक्ष बज्रचार्यले बताए ।
यसै विच नेपालमा पौडी खेल लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) समेत सोमबार नेपाल आइपुगेका छन् ।
उनीहरुले दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
उनीहरुले नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छन् ।
