
पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ ।
क्यानको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाली राष्ट्रिय टोलीले सन २०२४ मा अमेरिका र वेष्ट विन्डजमा आयोजना हुने विश्व कप टि–२० किकेट प्रतियोगिताका लागि स्थान बनाउन सफल भएको थियो । तर फाइनलमा नेपाल ओमान संग सुपर ओभरमा पराजित हुन पुगेको थियो ।
बैठकले एसिसी यू–१९ प्रिमियर कप विजेता एसिसी यू–१९ टिमका खेलाडीहरुलाई समेत जनही नगद ५० हजार दिने घोषणा गरेको छ । यू–१९ टोलीले एसिया कपमा स्थान बनाउन सफल भएको थियो ।

