
पोखरा, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले सहारा एकेडेमीको खेल मैदान थप विस्तार गर्न आग्रह गरेकाछन्् ।
शनिबार सहारा एकेडेमी सहित एकेडेमीका वालकहरुसंग भेटघाट गर्दै का.वा.मुख्यमन्त्री गुरुङले पोखरामा स्तरिय फुटवल मैदान अभाव भएको अबस्थामा क्लवले एकेडेमीको खेल मैदानलाई ब्यबस्थित पार्न सुझाव दिएका हुन ।
सहारा एकेडेमीले गरेको प्रयासको प्रशंसा गर्दै कावा मुख्य मन्त्रि गुरुङलृ भने–“हामीले सोचे भन्दा सहारा एकेडेमी धेरै फरक ढंगबाट संचालन भएको रहेछ, यसलाई दिगो रुपमा संचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको छ ।”
सहारा एकेडेमी पुगेका कावा मुख्य मन्त्रि गुरुङलाई क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली लगायतले स्वागत गर्दै क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए ।
सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु समेलित १३ जिल्लाका २५ जना वालकहरु एकेडेमीमा रहेकाछन ।
