
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलकुद क्षेत्रका कर्मचारीहरुको समायोजन र दरवन्दी मिलानको विषयलाई अन्तिम चरणमा पुर्याएको छ ।
ओ एण्ड एम कार्यदलका संयोजक एवं राखेपका उपाध्यक्ष उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’को अध्यक्षतामा जारी बैठकले कर्मचारीहरुको समायोजन र दरवन्दी मिलानको विषय अन्तिम चरणमा पुर्याएको बैठकमा सहभागि प्रदेश खेलकुद विकास परिषद लुम्विनीका सदस्य सचिव एवं कार्यदलका सदस्य जय प्रकाश भट्टराइले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् ।
“हामी दुई दिन देखि लगातार यो विषयमा केन्द्रित रहेर छलफलमा थियौं”–सदस्य सचिव भट्टराईले भने–“दोश्रो दिनको बैठकले समायोजन र दरवन्दी मिलानको विषयमा टुङ्गोमा पुग्ने गरी अन्तिम चरणमा पुर्याएका छौं ।” टुङ्गोमा पुगेका सबै विषयहरुका बारे यहि २० गते बस्ने कार्यदलको बैठकले अन्तिमरुप दिने संगै आगामी राखेपको बोर्ड बैठकमा पेश गर्ने समेत निर्णय भएको उनले जनाए । उनले भने–“सबै विषयहरु एकिकृत रुपमा ऐनका रुपमा आउने गरि २० गते बस्ने बैठकले तय गर्नेछ । यो निर्णयले नेपाली खेलकुदमा नयाँ मार्गचित्रमा हिंडने मात्रै नभई शुखद परिणाम समेत दिनेछ ।”
कार्यदलले स्थानियतह सम्म खेलकुद क्षेत्रका कर्मचारीहरु समायोजन र दरवन्दीको विषयमा गम्भिर छलफल गरेको गण्डकी खेलकुद परिषदका सदस्य सचिव शर्माले श्रीधर शर्माले बताए । उनले भने–“यो विषय निकै जटिल थियो । अब नेपाली खेलकुद नयाँ बाटो तय गरेको छ । संघिय संरचनामा पुग्न नसकेको खेलकुद यो निर्णय लागु हुनासाथ त्यो बाटोमा समेत अग्रसर हुनेछ । हामी लामो समय देखि खेलकुद क्षेत्रमा क्रियाशिल भएकाहरुलाई उत्साहित बनाएको छ भनेअर्कातर्फ खेलकुद क्षेत्रले निकास समेत प्राप्त गर्नेछ । ”
कार्यदलले तय गरेको अवधारणा अनुसार खेलकुद क्षेत्रका कर्मचारीहरु समायोजन र दरवन्दी महानगरमा एक जना प्रशासन अधिकृत र ३ जना प्रविधिक/प्रशिक्षकको व्यवस्था सहित ४ जना, उपमहानगरमा एक जना प्रशासन अधिकृत र २ जना प्रविधिक/प्रशिक्षक गरि ३ जना, नगरपालिका र गाउँपलिकामा २ जना प्रशिक्षकको व्यवस्था हुनेछ ।
त्यसै गरि जिल्ला खेलकुद विकास समितिमा १ जना प्रशासन अधिकृत, १ जना लेखापाल, २ जना प्रशिक्षक र १ जना कार्यालय सहयोगी गरि ५ जना र प्रदेश खेलकुद परिषदमा आवश्यक्ता अनुसार २० देखि ४० जना तथा केन्द्रिय तहमा २ सय देखि २ सय ५० जना सम्म कर्मचारी समायोजन र दरवन्दीको व्यवस्था गर्ने गरि अन्तिम चरणमा पुर्याइएको छ ।
सम्पन्न बैठकमा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, गाउँपलिका महासंघका प्रतिनिधी सहितको उपस्थिती समेत रहेको थियो ।
