
पोखरा स्पोर्टस । थाईल्याण्डमा जारी अन्डर २२ महिला तथा पुरुष बक्सिङ्ग प्रतियोगिताको खेल तालिका सार्वजनिक भए संगै नेपालका लागि दुई पदक पक्का भएको छ ।
एसियन बक्सिङ्ग कन्फेडरेसनको आयोजना एवम् थाईल्याण्ड बक्सिङ्ग संघको निमन्त्रणामा थाईल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म सञ्चालन हुने ASBC U22 Men and Women Boxing Championships 2023 मा नेपाली महिला खेलाडी त्रिसा जवेगुले मिडल वैट ७५ किलो तौल समुह र पुरुष खेलाडी विजय बाटाले क्रुजर वैट ८६ किलो तौल समुहमा बाई पाएर काश्य पदक पक्का गरेका छन् ।
विजय बाटाले सेमि फाईनलमा भारतीय खेलाडी मुस्किता माईखेल संग प्रतिष्पर्धा गर्नेछन भने त्रिसा जवेगुले काजकिस्तानका येरजहान गुलसायासंग सेमिफाईनलमा भिडन्त गर्नेछन् ।
त्यसैगरी अर्का खेलाडी हेमा राइले महिला ५७ किलो तौल समुहमा क्वार्टर फाईनलमा जनवरी १९ तारिखमा सिंगापुरका खेलाडी चाव जी मिन बेरनिससंग प्रतिष्पर्धा गर्नेछन भने महिला ४८ किलो तौल समुहमा सुस्मा तामाङ्गले जनवरी भियतनामी खेलाडी फाम थि किनहानसंग भोलि १८ जनवरीमा क्वार्टर फाईनल खेल नेपाली समयानुसार दिनको ३ः१५ मा खेल खेल्ने छन् ।
पुरुष ४८ किलो तौल समुहमा नेपालका लाल प्रसाद उप्रेतिले फिलिपिन्सका दुरेन मार्क लेफचर संग जनवरी २० तारिखमा क्वार्टर फाईनल खेल खेल्नेछन भने फेदर वैट पुरुष ५७ किलो तौल समुहमा नेपाली खेलाडी इन्द्र बहादुर सुनारले क्वार्टर फाईनल खेल लाओसका खेलाडी सोक्साखोन संग भोलि जनवरी १८ तारिखमा भिडन्त गर्नेछन ।
