सिद्धार्थ बैंकलाई कामना सेवा फुटसल कपको उपाधि

पोखरा स्पोर्टस। सिद्धार्थ बैकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ ।

काठमाण्डौमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै सिद्धार्थ च्याम्पियन बनेको हो ।रोमान्चक बनेको फाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा सिद्दार्थका शान्तिराम कार्की, सन्जिब श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे । प्रभुका केशब योगी र विकास तामाङले गोल गर्दा अमनराज बज्राचार्य गोल गर्न असफल भए ।

उपाधिसँगै सिद्धार्थले ट्रफी, मेडल, प्रमाणपत्र तथा केटीएम सिटीबाट ४५ हजार बाबरको गिफ्ट भौचर प्राप्त गरे । यस्तै जेन्स पार्कको तर्फबाट ९ जना खेलाडीलाई १५ सय बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

उपविजेता टिमका खेलाडीले जेन्स पार्कको तर्फबाट ८ सय बराबरको गिफ्ट भौचर प्राप्त गरे।

त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण टिमका खेलाडीले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरबाट २५ प्रतिशत छुट पाउने छन् ।

प्रतियोगितामा सिद्धार्थका शान्तिराम कार्की उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलकिपर प्रभुका इराज डंगोल र सर्वाधिक गोलकर्ता ज्योति विकास बैंकका सुरज महर्जन चुनिए । उनीहरुले ट्रफी प्राप्त गरे ।

दुई टिम सहभागी महिलाको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । फाइनलमा कामनाले माछापुच्छ्रे बैंकलाई २-१ ले हरायो ।

महिलाको उपाधिसँगै कामनाले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई कामना सेवा विकास बैंकका डीसिईओ विनय दाहाल, मेरिना इम्पेक्सका चेयरम्यान पवन खड्का, एक्सटेपका चेयरम्यान गणेश श्रेष्ठ, जेन्स पार्कका चेयरम्यान राहुल छाछन, इनास इन्टरप्राइजेजका राजु बास्तोला, नेपाल डिस्टिलरीका सेल्स अफिसर अमित नगरकोटी र नेचुरल फ्रुट्सका एमडी पुनम अधिकारी लगायतले पुरस्कृत गरे।

कामना सेवा विकास बैंकको आयोजना र खेलपाटी डटकमको व्यवस्थापनमा आयोजना भएको प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ पुरुष र २ महिला टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close