एसियन पारा गेम्स : ब्याडमिन्टनमा प्रकाशको बिजयी सुरुवात

पोखरा स्पोर्टस । चिनमा सुरु भएको चौथो एसियन पारा खेलकुद अन्तर्गत भएको ब्याडमिन्टन खेलमा नेपाली खेलाडी प्रकाश अधिकारीले विजयी सुरुवात गरेका छन् ।

पारा ब्याडमिन्टन एसएल ४ समुह अन्तर्गत पुरुष सिंगल्समा प्रकाशले विजयी सुरुवात गरेका हुन् । शुक्रबार भएको खेलमा उनले इराकका अली अलसादीलाई २–१ ले पन्छ्याएका थिए ।

प्रकाशले अलसादीलाई २१–१९, १९–२१ र २१–१९ ले पराजित गरे ।

पारा ब्याडमिन्टन एसएल ४ समुह अन्तर्गत एसियाकै कान्छा खेलाडी समेत रहेका प्रकाशले शनिबार पाकिस्तानका वाकस अख्तरको सामना गर्नेछन् ।

पारा ब्याडमिन्टनका लागि कुनै पनि नेपाली प्रशिक्षक नरहेको अवस्थामा प्रकाश प्रशिक्षक बिना नै एसियन गेम्स जस्तो ठूलो प्रतियोगितामा प्रतिष्पर्धा गरेका हुन् ।

सुर्खेतका स्थायी बासिन्दा प्रकाश प्रथम पारा ब्याडमिन्टन खेलाडी हुन् । नेपालले पहिलो पटक पारा एसियन खेलकुदको  ब्याडमिन्टनमा सहभागिता जनाएको हो । प्रकाशले यस अघि पारा अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई ठूला प्रतियोगितामा सहभागि भएर अनुभव संगालेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close