हिसान कास्कीको नेपाली र अङ्ग्रेजी निबन्धको नतिजा प्रकाशित

पोखरा । हिसान कास्कीले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको नेपाली र अङ्ग्रेजी निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशित गरेको छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच विज्ञान समूह र अन्य समूह गरी प्रतिस्पर्धा गराइएको थियो भने युनिर्सिटीतर्फ जोडिएको प्रतियोगितामा अङ्ग्रेजी निबन्ध लेखनमा विज्ञान समूहतर्फ मदरल्यान्ड माविका विनम श्रेष्ठ प्रथम, प्रतिभा माविका अनुष्का आचार्य र बालोदय माविका दिपेन विक्रम विष्ट द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका मनाश तामाङ तृतीय, सगरमाथा निकेतन स्कुलका खुसी गुरुङले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै नेपाली निबन्ध लेखनतर्फ विज्ञान समूहअन्तर्गत जुनियर सिटिजन्स एकेडेमीका सार्थक सुवेदी प्रथम, शिशु निकेतन माविका अविनाश सिग्देल द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका अश्विना घर्ती तृतीय र डायमन्ड माविका कला भुजेलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै अन्य समूहतर्फबाट अङ्ग्रेजी निबन्धअन्तर्गत सिर्जना माविका सूचना रानाभाट प्रथम,केफ माविका क्रिस्टिना गुरुङ द्वितीय, हिल प्वाइन्ट माविका एलिश दुधराज तृतीय, स्टेप बाइ स्टेपका अस्मिता रिलामी मगर र प्रगति माविका सरोज जैसीले सान्त्वना स्थान हासिल गरेका छन् ।

नेपाली निबन्धतर्फ विज्ञानबाहेकका समूहबाट स्टेप बाइ स्टेपका निशा पोख्रेल प्रथम, केफ माविका कृतिका गौतम द्वितीय, सिर्जना माविका रोशिमा राई तृतीय , जुनियर सिटीजन्स एकेडेमीका सृष्टि पाण्डेले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै युनिभर्सिटितर्फ अङ्ग्रेजी निबन्ध लेखनतर्फ माउन्ट अन्नपूर्ण क्याम्पसका अमृत थापा प्रथम, ला ग्रान्डी कलेजका ग्रीष्मा श्रेष्ठ द्वितीय, सोच कलेज अफ आइटीका गणेश सुवेदी तृतीय र इनफम्याक्स कलेज अफ आइटीका सुगम खनालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

विजयी विद्यार्थीहरूलाई सोह्रौँ हिसान खेलकुद महोत्सवको उद्घाटन समारोहमा पुरस्कार वितरण गरिने कुरा कार्यक्रमका संयोजक पुरन कुँवरले जानकारी दिएका छन् ।

हिसान,कास्की आयोजना गर्दै आइरहेको खेलकुद महोत्सवको सोह्रौँ शृङ्खला २०८० मङ्सिर १४ गतेबाट सुरु गर्ने निर्णयसहित खेलकुद महोत्सवको मूल समितिको संयोजकमा निवर्तमान अध्यक्ष एवम् हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्माको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close