
पोखरा स्पोर्टस । नेपाल आएको गैर आवाशिय नेपाली संघ (एनआरएनए)को टोलीलाई टाइगर ग्रुप अफ पोखरा नेपालले पोखरामा स्वागत गरेको छ ।
एनआरएनएका अध्यक्ष कुल आचार्य सहित पर्वत अन्तर्राष्ट्रिय समाजको सम्मेलनका लागि पर्वतको मल्लाज प्रस्थान गर्नु अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई टाइगर ग्रुपले स्वागत गरेको हो । सो टोलीमा एनआरएनएका उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव केशव पौडेल सहभागि छन् ।
त्यसै गरि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष देव गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक अर्जुन श्रेष्ठ, एनआरएनए कतार तथा आइसिसी सचिव पदका उम्मेदवार प्रविन गुरुङ, मनोज कुमार श्रेष्ठ, पर्वत समाज दक्षिण कोरियाका सल्लाहकारद्वय नन्द गुरुङ र डा.सञ्जु पौडेल समेत टोलीमा सहभागि छन् ।
पोखरा विमानस्थलमा उनीहरुलाई टाइगर ग्रुपका सदस्य एवं प्रदेश खेलकुद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिबी नेपाली, गण्डकी प्रदेश भलिबल संघका कार्यवहाक अध्यक्ष एवं ग्रुपका कोषाध्यक्ष हरि श्रेष्ठ, महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले उनीहरुले खादा लगाएर स्वागत गरेका थिए ।
