पोखरा स्पोर्टस । नेपालकी एरिका गुरुङले करातेमा रजत पदक जितेकी छन् । चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदमा एरिका कजाकस्तानकी सोफ्या बेर्लुत्सेभा संग पराजित हुँदै रजत पदक जितेकी हुन् । एरिकाले ६८ केजी तौल भन्दा माथीको प्रतिस्पर्धामा ३–० ले पराजित भएकी हुन् ।