महिला भलिबलमा हङकङ संग पराजित

पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग पराजित भएको छ ।

नवौँ देखि १२ औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

हाङझाव नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५–२२, २५–१६, २५–१८ ले पराजित गरेको हो ।

नेपालको यो चौथो हार हो । समूह चरणमा नेपाल भियतनाम र दक्षिण कवरियासँग समान ३–० को नतिजमा पराजित भएको थियो । त्यसपछि क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा चुकेको थियो ।

अब नेपालले ११औं स्थानको लागि मंगोलियासँग खेल्ने छ । उक्त खेल शनिबार खेल्नेछ । मंगोलिया शुक्रबार भारतसँग ३–० को सेटमा पराजित भएको थियो ।

एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close