काभा पुरुष भलिबल च्याम्पियनशिप सहभागि हुने टिमको बिदाई

पोखरा स्पोर्टस । श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्न जाने नेपाली पुरष भलिबल टोलीलाई बिदाई गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकास कुमार कुसारीले शुक्रबार विदाई गरेका हुन् । च्याम्पियनसिप अशोज २२ देखि २८ गते सम्म आयोजना हुने छ ।

कार्यक्रममा निमित्त सदस्य सचिव कुसारीले नेपाली खेलाडीहरुको खेलस्तर उच्च स्तरको रहेको भन्दै प्रतियोगिता जितेर आउनका लागि शुभकामना दिए ।

उनले खेलाडीहरुको खेलस्तरमा निकैनै बृद्धि भएको भन्दै प्रतियोगितामा सफलता हात पार्नेमा आफु बिश्वस्त रहेको र खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गर्न आतुर रहेको बताए । यस्तै उनले राष्ट्रिय खेलकुद परिषद् नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा सदा दत्तचित्त रहेर अगाडी बढेको बताए ।

बिदाई कार्यक्रमका दौरान नेपाली भलिबलको खेल स्तर अभिबृद्धि गर्न पुर्‍याएको योगदानको कदर गर्दै नेपाली टिमका हेड कोच हान आविङ्गलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

आविङ्ग अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपाली टोलीको प्रशिक्षणका लागि नेपालमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close