१९ औं एसियाली खेलकुद : व्याडमिन्टनमा रशिला रोकिइन

पोखरा स्पोर्टस । हाङझाव एसियाडको महिला ब्याडमिन्टन सिंगल्समा नेपालकी रशिला महर्जन बुधबार प्रिक्वाटरफाइनलमा रोकिएकी छन् ।

बिन्जियाङ जिम्न्याजियममा चीनकी विन्जियो हेले नेपालकी रशिला महर्जनलाई २१–० र २१–४ को सोझो सेटमा पराजित गरेकी हुन् । रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४ र २१–७ को सोझो सेटमा हराए ।

पुरुष डबल्समा सिंगापुरका जि जु नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close