१९ औं एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल पदकको नजिक

पोखरा स्पोर्टस । चिनको होङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत नेपालले महिला कबड्डीमा पदक जित्ने सम्भावना बढेको छ ।

जारी प्रतियोगितामा करिव करिव पदक बिहिनको अवस्थामा रहेको नेपालले महिला कबड्डीमा पदक जित्ने सम्भावना बढेको हो । सोमबार भएको प्रतियोगितामा नेपालले बंगलादेश विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३७–२४ ले जित दर्ता गरे पछि पदकको सम्भावना बलियो बनेको छ ।

७ टोलीको मात्र सहभागिता रहेको महिला कबड्डीको नेपाल रहेको समूहमा इरान छ । पहिलो पटक एसियाली खेलकुदमा महिला कबड्डीमा डेब्यू गरेको नेपालले इरानसँग पराजित भए पनि नेपाल सेमिफाइनल पुग्न सक्ने सम्भावना बलियो बनेको छ ।

सेमिफाइनल पुग्ने टोलिले कास्य पदक जित्ने पक्का हुने छ । बंगलादेशले समूहकै सबैभन्दा बलियो टोली इरानसँग खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close