एसियन गेम्समा दिपकको नयाँ राष्ट्रिय कीर्तिमान

पोखरा स्पोर्टस । एसियाली खेलकुदको एथलेटिक्सतर्फ पुरुष १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले शनिबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान् भंग गरेका हुन् ।

गोपीले ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान बनाएका थिए । दीपक ९ वर्षपछि उक्त कीर्तिमान् तोड्न सफल भए । जारी एसियाडमा दीपक नयाँ राष्ट्रिय कीर्तिमान बनाउने एक नेपाली खेलाडी समेत बने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close