
पोखरा स्पोर्टस । जगत रानाको अध्यक्षतामा स्याङजा जिल्ला बास्केटबल संघ गठन गरिएको छ ।
स्याङजामा शनिबार सम्पन्न एक भेलाले रानाको अध्यक्षतामा स्याङजा जिल्ला बास्केटबल संघ गठन गरेको हो । संघको उपाध्यक्षमा धिरज सिंह ठकुरी, सचिवमा टेक बहादुर गुरुङ र कोषाध्यक्षमा गोपाल थापा चयन भएका छन् ।
यसै गरि कार्यसमितिको सदस्यमा पुजन श्रेष्ठ, दिपेन्द्र खाण, मिलन प्रधान, देवीलाल गुरुङ, विनिता थापा, विरेन्द्र श्रेष्ठ, मुकेश गुरुङ, शेरजङ्ग थापा र दुर्गा बहादुर आले रहेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङको उपस्थितीमा सम्पन्न भेलामा स्याङजा जिल्ला खेलकुद विकास समितिका सचिव रत्न गुुरुङ, अग्रज खेलप्रेमीहरु एलवी ज्वारचन, दिलिप कुमार थापा, राजकुमार थापा लगायतको सहभागिता रहेको थियो ।
