क्षेत्रिय भलिबलका संस्थापक अध्यक्ष गुरुङलाई मञ्चमा स्वागत

पोखरा स्पोर्टस । तत्कालिन पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी श्रीभक्त गुरुङलाई नेपाल भूतपूर्व खेलाडी मञ्चले स्वागत गरेको छ ।

हालै जापानबाट स्वदेश आएका गुरुङलाई मञ्चले आफ्नो कार्यालयमा स्वागत गरेको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम गुरुङ, महासचिव कृष्ण तिमिल्सिना, मञ्चका आजिवन सदस्य जुम प्रसाद गुरुङले उनलाई स्वागत गरेका थिए ।

मञ्चका आजिवन सदस्य समेत रहेका गुरुङलाई आफ्नो गृहथलो पोखरामा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै मञ्चका अध्यक्ष पराजुलीले आगामी फागुन ५ गते हुने १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अन्य मुलुकहरुमा जस्तै गरि जापानबाट खेलाडीहरुको सहभागिता र सहयोगका लागि आग्रह गरे ।

सो अवसरमा बोल्दै गुरुङले आफू जहिले पनि नेपाली खेलकुदको विकास र खेलाडीको हितको पक्षमा आवाज उठाउँदै आएको बताए । उनले भने–“मैले जहिले पनि नेपाली खेलकुदको विकासको पक्षमा आफ्ना आवाज उठाएको छु । त्यो मात्रै नभई आफूले जापानमा रहेर आर्थिक र भौतिकरुपमा समेत सहयोग गरेको छु ।”

पोखरा म्याराथन नेपालकै गौरवको खेलकुद कार्यक्रम रहेकोले आफूले सक्दो सहयोग गर्ने उनले बताए । उनले भने–“भूतपूर्व खेलाडी मञ्च मेरो घर हो । हामी खेलकुदको विकासको पक्षको कुरा गर्छौंं जुन विषयले पक्कै पनि नेपाली खेलकुदको भविष्य उज्वल छ भन्ने कुरा दर्शाउँछ ।  पोखरा म्याराथनले विश्वमा पोखरा खेलकुद केन्द्रको रुपमा परिचित गराउने भएकोले पनि हामी जापनमा बस्ने नेपालीहरुको सहयोग र सहकार्य रहनेमा म विश्वास दिलाउन चाहन्छु ।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close