पोखरा म्याराथनमा टोल–टोल बाट सहभागीहुन महानगर प्रमुख जिशीको आह्वान

पोखरा, पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन पोखराबासीलाई आह्वान गरेका छन ।

पोखरा महानगर पालिकामा महानगरका विभिन्न वडाका अध्यक्षहरुलाई सम्वोधन गर्दै प्रमुख जिशीले पोखरा म्याराथनलाई सफल बनाउन नगरवासीहरु एकजुट हुनुपर्ने बताए । “पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्ली बाट पोखरा म्याराथनमा सहभागी हुन म सबैलाई आग्रह गर्छु” उनले भने–“स्वास्थ संगै पोखराको प्रवर्द्र्धन गर्न म्याराथनले भूमिका खेल्ने छ ।”

पोखरा म्याराथनका आयोजक भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले सबैको साथ र सहयोगले पोखरा म्याराथनले भब्य सफलता पाउने विश्वास व्यक्त गरे । उनले पोखरा म्याराथनमा विशिष्ट व्यक्तित्वहरुको सहभागिताले समेत अन्तर्राष्ट्रिय रुपमानै स्थापित हुँदै गएको बताउँदै यसलाई सफल बनाउन वडा अध्यक्षहरु संग आग्रह गरे । पोखरा म्याराथनले नेपाल भ्रमण वर्षलाई सफल पार्न अहम भुमिका खेल्ने बताए ।

Pkr Mrthn

Posted by PokharaSports.com on Tuesday, February 11, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close