सहारा क्लब पोखराको अध्यक्षमा बराल सर्वसम्मत निर्वाचित

पोखरा स्पोर्टस । सहारा क्लव पोखराको अध्यक्षमा केशवराज बराल सर्वसम्मत निर्वाचित भएका छन् ।

क्लबको शनिबार पोखरामा सम्पन्न भएको १३ औं अधिबेशनले आगामी दुई बर्षका लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचन निर्वाचित भएको सहाराले जनाएको छ ।

त्यसै गरी क्लवको सदस्यमा ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, शुसिल रिमाल र केशव पौडेल निर्वाचित भए । निवर्तमान अध्यक्षमा हरिराम गुरुङ (सुरज) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close