
पोखरा स्पोर्टस । कास्की जिल्ला बास्केटबल संघको चौथो अधिवेशनले कृष्ण गुरुङलाई सर्वसम्मत अध्यक्षमा पदमा निर्वाचित गरेको छ ।
पोखरा शुक्रबार सम्पन्न अधिवेशनले गुरुङ सहित १२ सदस्यिय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको संघले जनाएको छ । समितिको उपाध्यक्षमा प्रेम पुन, सचिवमा विशाल गुरुङ, सहसचिवमा हिमाल गुरुङ, कोषाध्यक्षमा भिगनेस थापा निर्वाचित भए ।
यसै गरि कार्यसमितिको सदस्यमा हेमन्त गुरुङ, स्मृति गुरुङ, नविन पौडेल, दिर्घकाजी गुरुङ, ठग बहादुर गर्वुजा, भरत बानियाँ र दिपिका गुरुङ रहेका छन् ।
कास्की बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको चौथो साधारण सभामा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया लगायतको सहभागिता रहेको थियो ।
