गण्डकी प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको संयोजकमा श्रेष्ठ

पोखरा स्पोर्टस । गण्डकी प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको संयोजकमा शुसिल कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

पोखरामा बुधबार भएको एक भेलाले उनलाई तदर्थ समितिको संयोजकमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ कास्की ब्याडमिन्टन संघका अध्यक्ष समेत् हुन् ।

यसै गरि तदर्थ समितिको सदस्यमा विशाल खड्का, राजिन खड्का, प्रेम गुरुङ, हिमालय कार्की, केवल प्रसाद श्रेष्ठ, भुपेन्द्र बुढाथोकी, सोभित कुमार राना, भुपाल कार्की, आचम कुमारी गुरुङ र राजेश कुमार श्रेष्ठ रहेका छन् ।

प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकको उपस्थितीमा सम्पन्न भेलाको अध्यक्षता संघका केन्द्रिय प्रतिनिधि निर्माण कुमार श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close