
पोखरा स्पोर्टस । भलिबल प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् । नेदरल्याण्डका प्रशिक्षक हानले नेपाली पुरुष राष्ट्रिय टोलीलाई प्रशिक्षण सम्हालने भएका हुन् ।
चिनमा हुने १९ औं एसियाली खेलकुद र त्यस लगतै श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्यालेन्ज कपका लागि प्रशिक्षण दिने नेपाल भलिबल संघले जनाएको छ । तेश्रो पटक नेपाल आएका प्रशिक्षक हानले यस अघि पनि एभिसी सेन्ट्रल जोनमा नेपाली राष्ट्रिय पुरुष टोलीको प्रशिक्षण सम्हालेका थिए ।
नेपाल आएका प्रशिक्षक हानलाई राष्ट्रिय टिमका प्रशिक्षक जगदिश भट्ट र राष्ट्रिय पुरुष टिमका ट्रेनर रुपेश विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
तस्विरः नेपाल भलिबल संघ
