खेलकुद विकासका लागि सुविधा सम्पन्न पूर्वाधार आवश्यक– मुख्य मन्त्री गुरुङ

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले खेलकुद विकासका लागि सुविधा सम्पन्न पूर्वाधार आवश्यक रहेको बताएका छन ।

गण्डकी प्रदेश तेक्वान्दो संघ (आइ.टि.एफ) द्वारा पोखरामा आयोजित सिनियर खेलाडीहरुको ग्रेडिङ समापन कार्यक्रममा मुख्य मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै खेलकुद विकासका लागि खेल क्षेत्रमा काम गर्नेहरुको प्रतिवद्धता आवश्यक रहेको औल्याउँदै उनले प्रदेश सरकार खेलकुद विकासमा प्रतिवद्ध रहेको धारणा अघि सारे ।

खेलकुद विकासका लागि केही अधारभुत कुराहरुको विकास आवश्यक रहेको बताउँदै मुख्य मन्त्री गुरुङले गण्डकी प्रदेश खेलकुदका लागि प्रयाप्त सम्भावना रहेको प्रदेशको रुपमा रहेको बताए । उनले प्रदेश सरकारले प्रदेशमा वहुउद्धेश्यिय रंगशालाको निर्माणका लागि पहल गरिरहेको भए पनि जग्गा प्राप्तीमा ढिलाई हुँदा काम अघि वढ्न नसकेको उल्लेख गरे ।

खेलकुद विकासका लागि खेलकुद भित्र आमरुपमा नै परिवर्तन खाँचो रहेको कुरा रहेको बताउँदै मुख्य मन्त्री गुरुङले अव प्रदेश सरकार खेलकुद परिषदको गठन तर्फ अघि वढ्ने समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद रामहरि खतिवडाले खेलकुद विकासका लागि देश भित्र लुकेर रहेका प्रतिभाहरुको पहिचान गरी खेलकुदमा समाहित गर्नुपर्ने बताए । उनले देशको प्रतिष्ठा बढाउन खेलाडीले दिएको योगादनको उच्च कदर हुनुपर्ने कुरा उल्लेख गर्दै राज्यले उनीहरुको आत्म सम्मान बढाउने गरी काम गर्नुपर्ने कुरा औल्याए ।

सो अवसरमा बोल्दै नेकपाका नेता आइटिएफ तेक्वान्दोका प्रमुख सल्लाहाकार लिलाभक्त थापाले अवको खेलकुद उत्पादन र जनजिविका सँग जोडिनु पर्ने कुरामा जोड दिए । उनले खेलकुदको विकास सँगै खेलाडीको संरक्षण तथा प्रोत्सहानका लागि राज्यको ध्यानजानुपर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले खेलाडीको सफलता नै मेहनतमा रहेको हुनाले त्यस तर्फ आफ्नो ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले अहिलेको सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको कारणले नै देशव्यापी रुपमा खेलकुदका अन्तर्राष्ट्रियस्तरका सुविधायूक्त पूर्वाधार निर्माण भइरहेको बताए । आठौं राष्ट्रिय खेलकुदमा आइटिएफ तेक्वान्दोले गण्डकी प्रदेशको पदक तालिकामा महत्वपूर्ण योगदान दिएको बताउँदै अव आफ्नै प्रदेशमा आयोजना हुने नवौंका लागि तयारी शुरु गर्न उनले खेलाडीलाई आग्रह गरे ।

सो अवसरमा केन्पोकाई तथा आइटिएफका खेलाडीहरुले मार्शल आर्टका विभिन्न सहाशिक पदर्शन खेल प्रस्तुत गरेका थिए ।

पोखरा दुई दिन देखि जारी गण्डकी प्रदेशका कास्की, स्याङजा, वागलुङ, म्याग्दी, तनहुँ, नवलपुर, पर्वत र लमजुङका गरी १ सय ५० खेलाडी दिक्षित भएका छन । ति खेलाडीहरुलाई आफ्नो पदर्शन अनुसार व्ल्याक वेल्ट फष्ट डान, सेकेण्ड डान र थर्ड डानको वेल्ट प्रदान गरिएको संघका अध्यक्ष घम बहादुर थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close