पर्वतको डिमुवामा वडा स्तरीय भलिबल सुरु, सल्लाहकार शर्मा सम्मानित

पोखरा स्पोर्टस । पर्वतको मोदी गाउँपलिका वडा नं ६ डिमुवामा वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पर्वत जिल्ला भलिबल संघको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको एक भव्य समारोहका विच गण्डकी प्रदेशका पूर्व यूवा तथा खेलकुद मन्त्री तथा सांसद राजिव गुरुङले गरेका छन् ।

उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका सल्लाहकार एवं टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मालाई उनले भलिबल खेलको विकासमा गरेको महत्वपूर्ण योगदानका लागि सम्मान गरिएको छ । सोही कार्यक्रममा एनआइसी एसीया वैंक लि. गण्डकीका प्रदेश प्रमुख दिपेन्द्र शर्मालाई समेत सम्मान गरिएको छ ।

उद्घाटन खेलमा भुकले मोदी गाउँपलिका वडा नं ६ आयोजक टिमलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।  उक्त प्रतियोगितामा पुरषतर्फ १६ र महिला तर्फ ७ टिम रहेको आयोजकले जनाएको छ । 

प्रतियोगितामा पुरुषतर्फको विजेता टिमले नगद रु १ लाख ५५ हजार ५५५, उपविजेताले नगद रु ७७ हजार ७ सय ७७, तृतिय हुनेले ३३ हहजार ३ सय ३३ तथा सान्त्वनातर्फ १५ हजार ५ सय ५५ का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने  महिलातर्फ विजेता/ उपाविजेताले क्रमश नगद रु ५५ हजार ५ सय ५५ र ३३ हजा ३ सय ३३ का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, मोदी गाउँ पालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र जंग लामिछाने, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नबिन कुमार गुरुङ, गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष हरि कुमार श्रेष्ठ, नव जागृत बहुमुखि क्याम्पसका अध्यक्ष लोकेन्द्र जंग लामिछाने, बिभिन्न वडा एवं पालिकाका जनप्रतिनिधि, राजनितिक दलका नेता एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्ला भलिबल संघ, पर्वतका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । नेपालको राष्ट्रिय खेल भलिबलको बिकास ,बिस्तार एवंम् नयाँ प्रतिभावान खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।  

प्रतियोगिता भदौ २३ गते सम्म सञ्चालन हुने आयोजक पर्वत भलिबल संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close