नवनिर्वाचित प्रदेश सांसद बराललाई खेलकुदले दियो बधाई

पोखरा स्पोर्टस । कास्की निर्वाचन क्षेत्र नं ३ (ख) बाट नवनिर्वाचित प्रदेश सांसद प्रकाश बराललाई बिहिबार पोखरा रंगशालामा बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) कर्मचारी संघले एक कार्यक्रम गरी उनलाई बधाई संगै सफल कार्यकालको बधाई सहित सफल कार्यकालको शुभकामना दिएका हुन् । करिव २६ वर्ष कास्की जिल्ला खेलकुद विकास समितिमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर बरालले जागिरे जिवनबाट अवकाश लिंदै निर्वाचनमा होमिएका थिए ।

पोखरा महानगर वडा नं २२ का स्थायी बासिन्दा समेत रहेका नवनिर्वाचित प्रदेश सांसद बरालले नेकपा एमालेका राजिव पाहारीलाई पराजित गरेका थिए । सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार रहेका बरालले १२३६७ मत प्राप्त गरेका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नवनिर्वाचित प्रदेश सांसद बरालले गण्डकी प्रदेशको समृद्धिका व्यवसायिक खेलाडीको उत्पादन संगै खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिए । उनले भने–“गण्डकी प्रदेशको समृद्धिको आधार खेलकुद नै हो । व्यवसायिक खेलाडी उत्पादन र खेलकुदलाई समृद्धि संग जोड्ने विषयमा कसै संग सम्झौता हुन सक्दैन ।”

पोखरालाई खेल पर्यटन संग जोड्न अपरिहार्य रहने कुरामा जोड दिंदै सांसद बरालले खेल पर्यटनलाई मुर्तरुप दिन पोखरा रंगशालाको क्रिकेट खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गर्न आफ्नो पहल हुने बताए । उनले आफ्नो जितको श्रेय जन्मथलो र कर्मथलोलाई दिने बताउँदै सबै जनताको मुहारमा प्रतिविम्वित हुने गरी विकासलाई गति दिने उल्लेख गर्दै भने–“म सबैको मुहारमा प्रतिविम्वित हुने गरी समाजको उन्नयन र प्रगतीको लागि समर्पित हुने गरी अघि बढ्नेछु ।”

सो अवसरमा राखेपका सदस्य राजेश कुमार गुरुङले खेलकुदमा खुसी सााट्ने अवसर दिएकोमा नवनिर्वाचत सांसद बराललाई बधाई दिंदै उनले खेलकुदकै कारण उनी सवैको मनमा बस्न सफल भएको बताए । उनले खेलकुद विकास र खेलाडी उत्पादनलाई मुख्य लक्ष्य बनाएर अघि बढन सुझाव दिंदै खेलकुदको राजनिती बुझेकाबाट नै खेलकुदको समृद्धि हुने भएकोले सांसद बराल जस्तै व्यक्तित्वहरु आवश्यक रहने कुरा आंैल्याए । उनले गण्डकी प्रदेशका सबै जिल्लामा खेलकुदको पूर्वाद्धार निर्माण गर्नुपर्नेमा सबैको ध्यानजानु पर्ने बताए ।

यसै गरी कार्यक्रममा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, लेखा प्रमुख डिवी नेपाली लगायतले निर्वाचनमा बरालको जितले सिङ्गो खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको बताउँदै खेलकुद विकास संगै जनाताको दुःख सुःखमा अघि बढ्न थप प्रेरणाका लागि सफलता मिलोस भन्दै शुभकामना दिएका थिए ।

उक्त कार्यक्रम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा राखेप कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण प्रसाद योगीको अध्यक्षतामा भएको थियो । सो अवसरमा विभिन्न प्रदेश खेलकुद संघ र जिल्ला खेलकुद संघका अध्यक्षहरु, कर्मचारीहरु र खेलाडीहरुले नवनिर्वाचित प्रदेश सांसद बराललाई खादा माला लगाएर बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close