पोखरामा लकडाउन कै विचमा मुआथाई कास्कीको रक्तदान, ४३ जनाले गरे रक्तदान

पोखरा । कोरोना (कोभिड १९) को संक्रमणले लकडाउन जारि रहेकै बेला नेपाल मुआथाई संघ कास्कीले मंगलबार पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको मुआथाईका मुख्य प्रशिक्षक दिपक गोदारले जानकारी दिएका छन । उनका अनुसार खेलाडी र खेलप्रेमीहरुले रक्तदान गरेको बताए ।

लकडाउनका कारण पोखरा स्थित रक्त संचार केन्द्रमा रगतको अभाव भएको सुचना प्राप्त गरेसंगै आफुहरुले यो पहल गरेको गोदारको भनाई थियो ।

यस अघि रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले विश्वभर फैलिएको कोरोनाका कारण भएको लकडाउनमा समेत एउटा खेल संघले उत्कृष्ट कार्य गरेको बताए । उनले भने–“रगत अभाव भएका कारण दैनिक जसो धेरै विरामीहरुले अस्पतालमा समस्या पाएका छन, मुआथाई संघले गरेको कार्य सर्हानिय छ ।”

यसै गरि पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले मुआथाईले रक्त संकलनका लागि गरेको पहल महत्वपुर्ण रहेको बताए । मुआथाई नेपालका केन्द्रिय कोषाध्यक्ष समेत रहेका श्रेष्ठले संघले रक्त संकलन जस्तो मानविय सेवाको कार्यमा संघले आगामी दिनमा समेत भुमिका खेल्ने बताए ।

मुआथाई कास्कीका अध्यक्ष अव्राहम खानको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन देवेन्द्र राज सुवेदीले गरेका थिए भने सुवाष खडकाले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close