राष्ट्रिय हक्की प्रतियोगिता : पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा स्पोर्टस । राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ ।

सेमिफाइनल समिकरण पुरा भए संगै नेपाल आर्मी क्लबको भेट अर्को विभागीय टोली एपीएफ क्लबसंग हुनेछ भने गण्डकी प्रदेशले नेपाल प्रहरी क्लबको सामना गर्ने भएको हो ।

सोमबार सम्पन्न खेलमा प्रहरीले बागमतीलाई २–० गोलले पराजित गरेको छ । दुवै गोल ‘प्लेयर अफ द म्याच’ शंकर घर्ती मगरले गरे । सरोजकुमार गोलेको निर्णायक गोल मद्दतमा नव प्रवेशी टोली एपीएफले कर्णाली प्रदेशलाई १–० गोलले हरायो । सरोज नै ‘प्लेयर अफ द म्याच’ बने ।

यसै गरी अर्को एक खेलमा गण्डकीले मधेशलाई ३–० गोलले पाखा लगायो । गण्डकीका दीपक तामाङले २ तथा कुशल नेपालीले १ गोल गरे । दुबै सेमिफाइनल खेलहरु मंगलबार सञ्चालन हुने नेपाल हक्की संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close