च्याम्पियन्स लिगमा टोटनह्याम र आर्सनल विजयी शुरुवात

पोखरा स्पोर्ट्स ।  युइएफए च्याम्पियन्स लिग अन्तर्गत टोटनह्याम र आर्सनल विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले ला लिगा क्लब भिल्ला रियललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा भिल्ला रियलका लुइज जुनियरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा आर्सनलले ला लिगा क्लब एथलेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गरेको छ । 

आर्सनलको जितमा गाब्रियल मार्टिनेली र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close